बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जर स्थित जगन्नाथ डेडराज जनता माध्यमिकको खेलमैदानमा फागुन १ गते देखि सुरु भएको प्रथम भरौल भेट्रान फुटबल प्रतियोगितामा भरौल भेट्रान फुटबल क्लब भरौलले बिजयी सुरुवात गरेको छ।
आज भएको दोस्रो खेलमा भरौल भेट्रान फुटबल क्लब कालाबन्जार र जनता भेट्रान फुटबल क्लब इटहरी बिच भएको खेलमा टाइब्रेकरमा ४-५ गोल गर्दै भरौल भेट्रान सेमिफाइनल पुगेको हो।
दुबै टोलि बाट २-२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। पहिलो हापको१० मिनेटमा आयोजकको तर्फबाट जर्सी नम्बर ११ बिमल कार्कीले पहिलो गोल गर्दै खाता खोलेका थिए ।भने जनता भेट्रान इटहरीका जर्सी नम्बर ११ रमेश गुरुङले खेलको २८ मिनेटमा गोल गर्दै खेल बराबरमा पहिलो हापसकिएको थियो ।
दोस्रो हापको १० मिनेटमा आयोजक भरौलका गोलरक्षकले डेरिया बाहिर बल छुदा पाएको थिरिकिक लाई जनता भेट्रान इटहरीका जर्सी नम्बर १४ बिष्णु कुमार लिम्बुले हानेको प्रहार सिधै गोल भएपछि इटहरीले खेल अग्रता लिएको थियो ।
आयोजकका जर्सी नम्बर १२ दिपेश राईले खेलको १५ मिनेटमा गोल फर्काउदै खेल बराबरमा पुराएका थिए । दुबै टोलिले गोल गर्न निकै प्रयास गरेपनि गोल हुन नस्कदा खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलको म्याद अफ द म्याच भरौल भेट्रान फुटबल क्लबका गोलरक्षक घोषित भए ।
प्रतियोगितामा प्रथम हुने लाई ७१ हजार र दोस्रो हुनेलाई ४१ हजार र ट्रफी मेडल प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता लाई बराहक्षेत्र नगरपालिकाको कार्यालय र सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ कालाबन्जारले प्रायोजक रहेको छ।