इटहरीमा आजबाट सुरु भएको सुनसरी जिल्ला स्तरिय ए डिभिजन जिल्ला लिग कम नकआउट फुटबलमा गोधुली क्लब र न्युस्टार क्लबले बिजयी सुरुवात गरेका छन ।
इटहरी स्थित क्षेत्रिय रंगशालामा आज भएको पहिलो खेलमा धरानको गोधुली क्लबले दुहबीको एलेभेन एरोज क्लबलाइ २–० गोल अन्तरले पराजित गर्यो । गोधुलीलाई बिजयी बनाउनेक्रममा सुशिल राइले दोस्रो हाफको २३ औ र दिपक गिरीले ३९ औ मिनेटमा एक– एक गोल गरे । खेलको म्यान अफ द म्याच बिजयी टिम गोधुलीका सबिन राई घोषित हुदै नगद १ हजार ५ सय रुपैया पाए ।
आजै भएको दोस्रो खेलमा न्यूस्टार क्लब बराहक्षेत्रले दुहबीकै गोल्डेन स्टार क्लबलाइ १–० गोल अन्तरले पराजित गरेको छ । न्यू स्टारको जितमा सुजित राइले दोस्रो हाफको २८ औ मिनेटमा निर्णायक एक गोल गरे । उक्त खेलको म्यान अफद म्याच न्यू स्टारका सन्तोष श्रेष्ठ घोषित भए ।
शुक्रबारको पहिलो खेल धरानको टेम्के क्लब र इटहरी फुटबल क्लब बिच हुनेछ । यस्तै दोस्रो खेल राष्टिय जागृती क्लब इटहरी र धरान फूटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए ।
इटहरी रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगितामा सहभागी आठ टिमलाइ दुई समुहमा बिभाजित गरिएको छ । समुह क मा गोधुली क्लब धरान, एलेभन एरोज क्लब दुहबी, न्यू स्टार क्लब बराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन । यस्तै समुह ख मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन भने इटहरीका राष्टिय जागृती क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ ।
१७ लाख रुपैया खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउदा उपबिजेता टिमले ३० हजार रुपैया पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जानकारी दिए।