इटहरी / इटहरीमा पुस १२ गते –कोरोना भाइरस संक्रमणका कारण दुई बर्ष देखी हुन नसकेको ए डिभिजन जिल्ला लिग फुटबल सुनसरीमा पौष १५ गते देखी हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा हुन लागेको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमले प्रतिष्पर्धा गर्ने एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए ।
इटहरी रंगशालामा १० दिन सम्म चल्ने प्रतियोगितामा सहभागी आठ टिमलाइ दुई समुहमा बिभाजित गरिएको छ ।
समुह (क) मा गोधुलीक्लब धरान, एलेभन एरोज क्लब दुहबी, न्यू स्टार क्लब बराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन ।
यस्तै समुह ख मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन भने इटहरीका राष्टिय जागृती क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ ।
१७ लाख रुपैया खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउदा उपबिजेता टिमले ३० हजार रुपैया पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जानकारी दिए ।
ए डिभिजन लिग सकिए लगत्तै जिल्ला स्तरिय बी डिभिजन लिग सुरु गरिने एन्फा सुनसरी कोषाध्यक्ष कोबिद जंग कार्कीले जानकारी दिए । प्रतियोगितालाई नेपाल आइसले प्रायोजन गरेको छ ।