सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर १ बगुवाका ८१ बर्षिय भुपेन्द्र बहादुर थापा सुर्यकुण्डबाट बसाई सरेर २०१४ सालमा जब हालको बगुवा आउनुभयो त्यसबखत त्यस क्षेत्रमा दश बाह्र घर परिवारको मात्र बसोबास रहेको थियो।
त्यस समय उहाॅहरु खेति किसान गरेर बस्नुहुन्थ्यो।त्यसबेला बजार भर्न कि त धरान नै पुग्नुपर्थ्यो कि खोला किनारै किनार चतरा आउनुपर्थ्यो। त्यससमय हालको सानोकोशी भएको ठाउमा ठूलो बजार थियो रे।
बगुवा बस्ने क्रममा उहाॅहरु खेतिपाती गर्न देखि सदरमुकाम इनरुवा पुग्न पट्नाली खोला नजिकको बाटो हुदै जङ्गलै जङ्गल हाल नडाहा टेकाने पोखरी छेउ निस्कनुहुन्थ्यो ।पछि त्यसबाटोमा गोरुगडी हिड्न थालेपछि त्यस बाटोको नाम गडिकोमेगर रहन गयो र त्यो ऐतिहासिक बाटो अहिले स्तरोन्नतिको पर्खाईमा बसिरहेको छ।
त्यसै ठाॅउका जगतबहादुर थापा पनि त्यो बाटो प्रयोग गर्ने पुराना ब्यक्तिहरूमध्ये एक हुनुहुन्छ।२०२८ सालमा खेतिपाती गर्न भनि उहाॅ त्यसै जङ्गलको बाटो हिड्दै जाॅदा अर्ना अगाडी आएर आक्रमण गर्न खोज्दा हतार हतार रुख चढेर बाचेको स्मरण गर्नुहुन्छ।सुरुसुरुमा एकदुइ जना ब्यक्ति मुस्किलले हिड्न मिल्ने त्यो बाटो गाउलेहरुमिलेर गोरुगडि हिड्न मिल्ने सम्म बनाएको उहाॅ बताउनुहुन्छ।
त्यसबखत बगुवादेखि लगभग १ घन्टामै भरौली हालको नडाहा पुगिने र सरकारी कामले इनरुवा पुग्न ४ घन्टाजति समय लाग्ने गर्थ्यो रे।यहि बाटो हुदै भरौली- बाङ्गे- धनपुरी हुदै झुम्का पुगेपछि भने अहिलेकै लोकमार्ग हुदै इनरुवा पुग्ने गर्ने गरेको बुढापाकाहरु बताउछन।
पछि बजारमा ट्याक्टर लगायतका साधनहरु आएपछि भने गोरुगाडाको प्रचलन हराउदै गयो।
चतरा देखि धरानको अहिलेको बाटोको प्रयोग बढेपछि भने यो गढिकोमेगर भनेर चिनिने बाटोको प्रयोग कम हुदै गयो।
आफ्नो पुरानो प्रयोगबिहिन गडिको चक्का देखाउदै जगतबहादुर थापा पुरानो दिन सम्झनुहुन्छ।त्यसबखत जङ्गलबाट काठ ल्याउने र तराईबाट कालिगढ ल्याएर गडि बनाइन्थ्यो रे।एउटा गोरुगडि तयार पार्नको लागि लगभग आधा महिना जति लाग्थ्यो रे। त्यसबेला ज्यालामात्र ८०० भन्दा बढि तिर्नुपरेको उहाॅको अनुभव छ।उहाको घरमा अहिले प्रयोगबिहिन रहेको गडिको चक्का लाइ त्यस बाटो स्तरोन्नती भएको खण्डमा त्यहि बाटोको प्रवेशद्वारमा राख्ने सोच उहाको रहेको छ।
म स्वयम: त्यो बाटोको बारे अनभिज्ञ थिए। केहि समय अघि त्यहाको साथीहरुले त्यो बाटोको मर्मत सम्भार गर्नुपर्छ त्यसका लागि सबै लागिपर्नुपर्छ भनेपछि हामी त्यसबाटोको अवलोकनमा पनि पुगेउ ।चतरामा मोबाइल पसल सञ्चालन गर्ने सुरज बिष्ट धरानबाट आउने क्रममा बाघखोलामा बाढि आउदा त्यहि बाटो प्रयोग गर्ने भएकोले उ सङ्गै त्यो बाटो हेर्न गइयो। बर्खायामले होला बाटो हिलाम्मे खाल्डाखुल्डी धेरै थियो।धरान चतरा सडक अन्तर्गत पट्नाली खोला पारी बाट त्यो बाटोबाट नडाहा चतरा सडक निस्कन लगभग १५मिनेट लाग्यो।लगभग ४ किलोमिटर रहेछ त्यो बाटो।
त्यसबाटोको अवलोकन पश्चात यस बाटोको बारे स्थानियबाशीको रायसुझाव समेत लियौ। स्थानिय राजु थापाको भनाइमा यो बाटो धरान र बराहक्षेत्रको दुबैको भुमिमा छ। साथै धेरैवटा सामुदायिक बनको समेत स्वामित्वमा रहेको छ।त्यसैले सबैलाई भेला गराएर सबैको सहमती गराएर यस बाटोको स्तरोन्नतीको काम तुरुन्त सुरु गर्नुपर्ने स्थानियवाशीको माग रहेको उहा बताउनु हुन्छ।
यो बाटो स्तरोन्नती भएको खण्डमा बगुवा र पट्नालीका हजारौ जनताहरुलाई ईटहरी, चक्रघट्टी, इनरुवा पुग्न सहज हुने थियो।
त्यस्तै बर्खायाममा बाघखोलामा बाढी आएर बाटो बन्द हुदा चतराबाट धरान पुग्न नडाहा हुदै सर्दु किनारको लामोबाटो प्रयोग गर्नु पर्दैन थियो।नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडीहरु सिधै यस बाटो प्रयोग गरेर बगुवा पुग्न सक्थे।बगुवाबाशीलाइ बिविध कामको शिलशिलामा बराहक्षेत्र नगरपालिकाको केन्द्र चक्रघट्टी र जिल्ला सदरमुकाम पुग्न सहज हुने थियो।
यो बाटोको स्तरोन्नती र पुर्नजिवनको लागि स्थानियवाशीहरु लागिपरेका छन।यसमा धरान र बराहक्षेत्रका सम्बन्धित वडा र नगरपालिकाबाट यस बाटोको लागि बजेट निकासा भइ बाटो बन्नेमा ढुक्क छन।आशा गरौ यति ऐतिहासिक र बहुउपयोगी यस मार्गले नयाॅ जिवन पाउनेछ।यो बाटोबाट सरररररररर यात्रा गर्न पाइनेछ।
(भबिन राउत बाट)