म बराहक्षेत्र २ बस्ने पुर्णगंगा कार्की डाक्टरले भने बमोजिम नियमित चेकजाँचहरु गरिएको थिन र सबै ठिक थियोे। आमा बच्चा दुबैको अवस्था सहि थियोे।
बच्चा जन्मिन दिएको डेट भन्दा एक हप्ताअघि मलाई प्रसव पिडा सुरु भयो। श्रीमानको साथ, माया, हौसलाले शरीरको पिडा र दुखाइ खप्न हिम्मत मिल्थ्यो। २२/२३ घन्टा अत्यन्तै चर्को प्रसव व्यथा खपेर अस्पतालमा बसेँ। त्यतिबेला अहिलेको जस्तो अवस्था थिएन। सकेसम्म डाक्टरले नर्मल डेलिवरी गराउँने कोसिस गर्थे।
लेवर रुममा पुर्याउदा सम्म मेरो अवस्था ठिक थिएन। ह्वात्तै बढेको जोरोले थप कमजोर बनाएको थियो। घरीघरी सास अड्किदै बौरिदैको अवस्था थियोे। त्यसमाथि नर्सहरुले दिएको गाली ,रुखो व्यबहारले सारै मन दबेको थियोे।
२७ घन्टा पछि बच्चा नर्मल जन्मियो। आधा बेहोसीमा बच्चालाई हेँरे, छोरो रहेछ। सर्लक्क जिउडाल भएको सुन्दर अड्किएको सास बल्ल हुर्किएर आयो।
” त्यतिबेला आमालाई सम्झेर धेरै रोए”
बाहिर आफन्तहरु खुशी साट्न थाल्नु भयो।
तर खुशीमा कालो बादल मडारिन लागेको के थाह?
बच्चालाई स्वासमा समस्या आएको भन्दै भेन्टिलेटरमा राखियो।
उपचाररत बच्चो एकातिर, सुत्केरी म अर्कोतिर
त्यो छटपटी व्यथालाई म शब्दमा व्यक्त गर्न सक्दिन।
रक्तस्राव , स्तन गानिनुको पिडा, बच्चासंग भेट्न नदिनुको अर्को पिडा त्यो भन्दा सकस के होला र? सकि नसकी उसलाई भर्ना गरेको ठाउँमा गएँ , हेर्न सकिन । जन्मिन नपाइ उसले भोग्नुपरेको पिडाले म बेहोस हुँदोरहेछु।
केहि दिनको उपचारपछि डाक्टरले अब उ “नरहेको” घोषण गर्छन। त्यसपछिका हाम्रा दिन कति अत्यास र बेचैनीले भरिए अनुमान गर्न सक्नुहुन्छ।
एक अर्कोको सहारा नै दाम्पत्य रथको मुटु रहेछ।
केहि बर्षपछि दोस्रोपल्ट हामी बाआमा बन्यौँ। त्यसपटक अपरेसन विधिबाट बच्चा जन्मियो।
यसपटक बच्चालाई आराम भयो। मलाई भने एनेस्थेसियाले निकैबेर गाह्रो बनायो। दु:खसुख छोरी हुर्काइयो। अहिले त छोरी हाम्रो साथी जस्तै भैसकी।
छोरी जन्मिएको सातौं बर्षपछि, तेस्रोपटक फ़ेरि बाआमा बन्ने सौभाग्य मिल्यो। डाक्टरका अनुसार आमा र बच्चा दुबैको सबै अवस्था सामान्य थियोे।
अप्रेसनबाट जन्माउनु पर्ने भएकाले सबै पुर्वतयारी गरिएको थियो। अपरेसन कक्षमा पुगेपछि रक्तस्राव र प्रेसर सन्तुलन नहुँदा निकै गाह्रो भयो।
डाढमा एनेस्थेसिया दिदैगर्दा ” भित्रपट्टी पोलेर” पानी पानी भन्दै छटपटाउदा डाक्टरहरु पनि नर्भस हुनुभयो।
तर त्यस्तो बेलापनि सोंच आयो ।मैले हिम्मत लिनुपर्छ। बच्चाहरु, परिवारका लागि जिउँनु पर्छ। मेरी छोरी …..
अन्त्यत : छोरो जन्मियो । राम्रो,स्वस्थ्य खाइलाग्दो।
पहिलेको भन्दा त्यसपटक अपरेसनको घाउ धेरै दुख्यो।
पाकेर सास्ती दियो। त्यससँगै थप शारीरिक पिडा सहन नसकी उब्जिएको मानसिक पिडालाई समेत सन्तान हुर्काउने क्रममा बिर्सिनु पर्ने रहेछ।
यो कालखण्डमा यो भोगाइले धेरै सिकायो।
सन्तानकै खुशी र सुखका लागि , उनीहरुका सपनाकालागि कहिलेकाही बाबुआमाले आफुलाई
मृत्युको छेउछाउबाट फर्काएर ल्याउनु पर्ने रहेछ।
तर जब सन्तानको थोरै पखेटालाग्न के थालेको हुन्छ,
केहि कतै नदेखि,नहेरि, नचिनि उड्न थाल्छन् । फर्किएर हेर्ने चाह सम्म राख्दैनन् ।
अन्त्यमा बा आमा एक्लै निरीह, लाचार र सहारा बिहिन हुनुपर्ने समाजको यो तितो यथार्थले पोल्छ।
मैले भोगेको वास्तविक घटना