सुगम जिल्ला सुनसरीको दुर्गम गाँउको रुपमा रहेको वराहक्षेत्र स्थित श्रीलंका टपुमा संघिय सरकारका सञ्चार तथा सुचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा बिजुली बत्ति आयो । गाउमा बत्ति आए पछि स्थानीयले आधारभुत बिकासको महशुष गर्न थालेका छन् । अन्य विकासका योजनाको समेत ढोका गाउमा बिजुली बत्ति आएसंगै खुलेको छ । वराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ मा पर्ने टपुमा करिव ५ सय परिवार बसोबास गर्ने गर्दछन् । बिजुली बत्ति नहुदा स्थानीयहरु टुकि तथा सौलर उर्जाको प्रयोग गर्ने गर्दथे ।
मन्त्री कार्कीकै निर्वाचन क्षेत्र सुनसरी – ४ मा रहेको एक मात्र बहुमुखी क्याम्पस सप्तकोसी बहुमुखी क्याम्पसको नया भवन निर्माणको कार्यमा पनि ज्ञानेन्द्र बहादुर कार्कीको महत्त्वपूर्ण योग्दान रहेको छ । कार्की गत २०७४ सालको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित भए पछि क्याम्पस भवनकोलागि जमिन उपलब्ध गराउन र भौतिक संरचनाकोलागि समेत महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् । ग्रामिण भेगमा उच्च शिक्षा उपलब्ध र थप व्यवस्थापन ज्ञानेन्द्र बहादुर कार्कीको चासो , सहयोगसधै भईरहेको छ । उनै कार्कीकै पहलमा क्याम्पसलाई अनुदान , यातायातको साधन , छात्रवृत्ति समेत उपलब्ध भईरहेको क्याम्पस प्रमुख खगेन्द्र बहादुर निरौला बताउछन् ।श्रीलंका टप्पुमा बिजुली बत्ति , क्याम्पस भवन मात्र नभई पालिका – पालिका जोड्ने सडक ,बिधुत मात्र नभई सञ्चार , भौतिक संरचनामा समेत ज्ञानेन्द्र बहादुर कार्कीले गरेको कामले उनलाई बिकास प्रेमी नेताको रुपमा क्षेत्रवासीले सम्बोधन गर्ने थालेका छन् ।
संघिय ईकाई कार्य आयोजना मोरङ्गका सिनियर डिभिजन इन्जिनियर प्रतिप सिहका अनुसार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकै पहलमा रामधुनि नगरपालिकाको वडा नं ४ बैठारबाट वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिसम्मको सडक कालोपत्रे सडक निर्मांण भइरहेको छ । बैठारबाट चक्रघट्टि बस पार्क हुँदै रागा चोक , बुधबारे चौक , ढाकुबारी र काली मन्दिर हुँदै खानेपानीबाट आइतवारेबाट बुधबारे चोक सम्मको निर्माणाधीन करिब १८ किलो मिटर सडक कालोपत्रे योजना पनि मन्त्री कार्कीको पहमा बजेट बिनियोजन भएको हो । कोशि गाउपालिकाको लोकही बजारमा कार्कीकै पहलमा टाउन हल निर्माण भईरहेको छ ।
मन्त्री कार्कीको पहलमा बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्चि सडक कालोपत्रे हुने भएको छ । सडकको डिभिजन कार्यलय बिराटनगर मार्फत पिआर इन्फाएटचर काठमाडौले निर्माणको जिम्मेवारी पाएको छ । सडकको लागि २० करोड ७० लाख ६८ हजार सडक डिभिजनका कार्यलयले बिनियोजन गरेको थियो । सडकको ६ किलोमिटर लम्बाई र ७ मिटर चौडाई रहने छ । उक्त योजनामा ४ वटा कल्भट, ३ वटा स्लाप कल्भट समेत निर्माण हुनेछ । ८०० मिटर नालि रजाली ६७५ धन मिटर निर्माण हुनेछ । मन्त्री कार्कीको पहलमा कोसि गाउँपालिका -२ देखि वडा नम्वर -३ सम्मको ग्रामीण सडक कालोपत्रे हुने भएको छ । मन्त्री कार्कीको पहलमा सडक बिभागको योजनामा उक्त सडक कालोपत्रे हुने भएको हो । कोसि गाउँपालिकाको फुल चौक नजिकै सदान्न मण्डलको घर अगाडिबाट निर्माण हुन्ने सडक
बाबुजी साहाको घर हुँदै कोसि टप्पु, गल्फरीया , शिब चौक, कटान सडकसम्म करिब १३ किलोमिटर सडक कालोपत्रे हुनेछ । यसकालागि २५ करोड बजेज सडक सडक बिभाग मार्फत केन्द्रीय योजनामा परेको छ । मन्त्री कार्कीकै पहलमा वराहक्षेत्रमा ५५ सैयाको ट्रमा सेन्टर समेत निर्माण हुने प्रकृयामा रहेको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेस कार्कीले बताए । ट्रमा सेन्टर निर्माणको चाडै मन्त्री कार्कीले शिल्यनास गर्नेछन् ।मन्त्री कार्कीकै पहलमा कोशि टपु आरक्षणमा बिधुतिय धार जडानसंगै जंगली जनवारलाई नियन्त्रण गर्ने योजनाहरु सञ्चालन भएका छन् ।मन्त्री कार्कीकै पहमा वराहक्षेत्र – ७ मा रहेको बसन्तऋतृ माबिमा , वराहक्षेत्र – ८ कोशि माबिमा , वराहक्षेत्र – १० प्रकाश माबिमा , वराहक्षेेत्र – ११ जनता माबि लगाएमा भौतिक संरचना निर्माण भएका छन् । आर्थिक वर्ष २०८९/०८० मा संघिय सरकारबाट पनि दर्जनौ योजना सुनसरीमा परेका छन् ।आर्थिक वर्ष २०८९/०८० मा सुनसरीमा दुई दर्जन भन्दा बढि बिकासका योजना स्वीकृत भएका छन् । योजना स्वीकृत गर्न मन्त्री कार्कीको पहल रहेको छ ।
प्रदेस योजना आयोगका सदस्य नारायण कोईरालाका अनुसार मन्त्री कार्कीकै पहलमा क्षेत्र नं ४ र १ मा रहेका क्याम्पस तथा बिद्यालयहरु वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको बराह आदर्श क्याम्पसलाई २० लाख र वराहक्षेत्र वडा नं ७ मा रहेको सप्तकोशी बहुमुखी क्याम्पस १५ लाख पुजीगत अनुदान उपलब्ध भएको छ ।
त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं ७ मा रहेको वसन्तऋतु माध्यमिक बिद्यालयलाई ५ लाख , वराहक्षेत्र नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयलाइ ५ लाख , वराहक्षेत्र नगरपालिका वडा नं ५ मा रहेको मिलिजुली आधारभुत बिद्यालयलाई ६ लाख र वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको सिंह देवी आधारभुत बिद्यालयलाई ४ लाख विद्यालयको भौतिक पूर्वाधार विकासमा बिनियोजन भएको छ । त्यस्तै
वराहक्षेत्र नगरपालिका वडा नं ८ कोशी माध्यमिक बिद्यालयलाई ३ लाख , वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनमा रहेको मोहन माध्यमिक बिद्यालयलाई ३ लाख, वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको आदर्श माध्यमिक बिद्यालयलाई ३ लाख विद्यालय स्वच्छ पिउने पानी व्यवस्थापनलाई बजेट बिनियोजन भएको छ ।
त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा रहेको राधाकृष्ण वेद विद्यालय बरहक्षेत्र ५ लाख , प्रदेश विकास संयोजक कार्यक्रम अन्तर्गत वराहक्षेत्र वराहक्षेत्र वडा नं ११ को धनजित आधारभूत विद्यालयमा आधारभूत विज्ञान शिक्षक र वराहक्षेत्र नगरपालिका वडा नं ३ मा रहेको महेन्द्र माध्मिक बिद्यालयमा ( मा.वि. शिक्षक अंग्रेजी/गणित /विज्ञान ) शिक्षकको व्यवस्थापन हुनेछ ।
त्यस्तै मन्त्री कार्कीकै पहलम इनरुवामा रहेको सुनसरी बहुमुखीलाई १५ लाख, रामधुनिमा रहेको रामजानकी आधारभुत बिद्यालयलाई ४ लाख , हरिनगराको जनता माध्यमिक बिद्यालयलो ५ लाख ,वराहक्षेत्र नगरपालिका वडा नं ९ मा रहेको सिरिजंगा यूकसिंग निसामहीमलाई ४ लाख , भोक्रामा रहेको मदरसा शेराजुल उलम ४ लाख, हरिनगराको जामीअतुल मुस्लिमातलाई ४ लाख र हरिनगराको मदरसा कस्मियालाई ४ लाख बिनियोजन भएको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको आदर्श खानेपानीमा पनि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की अर्थ मन्त्री हुदा नै सोलर जडान भएको थियो । मन्त्री कार्कीको पहलमा जडान भएको सोलरका कारण आदर्श खानेपानी उपभोक्ता समुहका उपभोक्ताले २४ सै घण्टा सफा पिउने पानी उपयोग गरिरहेको समितिका अध्यक्ष हरिकृष्ण भट्टराईले बताउछन् । मन्त्री कार्कीले खानेपानीको टंकि बनाउन र सर्व गर्न सहयोग गरेका थिए ।
मन्त्रि कार्कीबाटै वराहक्षेत्र – २ मा रहेको चतरा अस्पताललाई स्वास्थ्य उपकरण प्राप्त भएको थियो । अर्थ मन्त्री हुदा कार्कीले अस्पताललाई २० लाख वरावरको भिडियो एक्से मिसिन उपलब्ध गराएका थिए । मन्त्रि कार्कीबाट वडा नं १ चतरा धाममा रहेको शान्तिकुञ्ज भित्र मन्दिरकालागि रकम उपलब्ध भएको थियो । वराहक्षेत्रलाई धार्मिक रुपमा बिकास गर्न हाल निर्माण भएको सिस महलमा पनि मन्त्री कार्कीको सक्रियता रहेको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयको प्राङ्गणमा सोलर जडान र इन्भटर पनि मन्त्री कार्कीबाटै उपलब्ध भएको थियो । चक्रघट्टि जेसिजबाट सञ्चालन हुने गरि एम्बुलेन्स पनि कार्कीबाट प्राप्त भएको थयो। त्यस्तै चक्रघट्टिमा निर्माण भएको दुर्गाकालि मन्दिर , वराहक्षेत्र मन्दिरको बिकासमा पनि मन्त्री कार्कीले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरेका छन् ।
नेपाली कांग्रेसका प्रभावसाली केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्की मसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेस सभाको निर्वाचनमा गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधि सभाको उमेदवार बनेका छन् । कार्कीलाई सत्ता गठबन्धन दल नेकपा माअोवादि केन्द्र र एकृकीत समाजबादीको समर्थन रहेको छ । सुनसरी क्षेत्रमा हरिनगराको १ देखि ७ नम्बर वडा , कोशी , भोक्राहा , इनरुवाको ३,४ र ८, वराहक्षेत्रको ६ देखि ११ नम्बर वडा र रामधुनि नगरपालिकाको वडा नं ४ सुनसरी क्षेत्र नं ४ मा पर्दछन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रदेस सभा क मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल र प्रदेस सभा ख मा मुस्लिम संघ प्रदेस १ सभापति हाजि डाक्टर इस्सरायल मन्सरी उमेदवार बनेका छन् । सुनसरी ४ को क मा रामधुनी वडा नं ४ , वराहक्षेज्ञ नगरपालिकाको ६ देखि ११ नम्बर वडा र कोशी गाउपालिकाको सम्पूर्ण वडाहरु पर्दछन् । भन्ने प्रसेस सभा ख मा भोक्राहाको सम्पुर्ण वडा , इनरुवाको ३,४ र ८ नम्बर वडा र हरिनगराको १ देखि ७ नम्बर वडा पर्दछन् ।