सुनसरीको बराहक्षेत्र नगरपालिका ३ इक्राईका रोशन कटुवाल सानै देखि फुलका शौखिन थिए। सानैउमेरदेखि आफ्नो घरआगनमा बिभिन्न प्रजातीको फुल रोप्ने हुर्काउने र फुलसङ्गै खेल्नु उनको बाल्यकालदेखिको दैनिकी नै थियो।माध्यमिक तहसम्मको अध्ययन आफ्नै गाउॅघरमै सकेपछि उच्च शिक्षा को इटहरी स्थित जनता बहुमुखी क्याम्पस मा स्नातक तह अध्ययनको लागि भर्ना भए।
तेस्रो बर्षको परिक्षा पश्चात उनको ध्यान बैदेशिक रोजगार तर्फ पुग्यो।त्यसपछि हतार हतार बैदेशिक रोजगारको लागि पासपोर्ट बनाए अनि दुबई देश हानिए। अरु नै कामको लागि पुगेको भएपनि उनको ध्यान त्यहा नर्सरी तिरै थियो।त्यसक्रममा उनले दुबईका बिश्व प्रशिद्ध नर्सरी मिराकल गार्डेन र दुबई गार्डेन सेन्टर को भ्रमण गरेपश्चात आफ्नो घर गाउॅमा नर्सरी सञ्चालनमा ल्याउने बिचार उत्पन्न भयो।
त्यसको केहि महिनापछि उनि आफ्नै देश फर्किए। अनि क्षेत्रिय कृषि तालिम केन्द्र झुम्काबाट नर्सरी ब्यवस्थापन सम्बन्धी तालिम समेत लिए।साथै काठमाण्डौ स्थित खड्का नर्सरी अन्तर्गतको I am a gardenerमा रहेर अठार महिना काम समेत गरेपश्चात आफ्नै गार्डेन सुरु गर्ने उद्देश्यले घर पछाडी रहेको बारीलाई नर्सरीको स्वरुप दिन थाले।सुरुमा करिब पचाॅस हजार रुपैयाको लगानीमा बिभिन्न ठाउॅबाट फुलको बिरुवाहरु ल्याएर त्यसबाट थप बिरुवा उत्पादन गर्न थाले। यिनै बिचार र प्रयासको प्रतिफल हो बराहक्षेत्र ३मा रहेको हाम्रो गार्डेन सेन्टर।
हाल यस नर्सरीमा बिभिन्न प्रजातिका सिजनल फुल,फुलको बिउ,indoor प्लान्ट,outdoor plant,फलफुलको बिरुवा,गमला लगायत गार्डेनका टुलहरु उपलब्ध हुन थालेको छ।
साथै उनले घरमा फुल रोप्न चाहने र गार्डेन बनाउन चाहनेलाई उचित परामर्श समेत घरमै पुगेर प्रदान गर्छन।
सुरुसुरुमा पढेको मान्छे ले के यस्तो काम गरेको भनेर कुरा काट्नेहरु अहिले उनको कामको प्रशंशा गर्छन।
फुल ब्यवसायबाट आर्थिक लाभ हुन थालेपछि सुरुसुरुमा खै के काम गरेको होला भन्ने परिवारका सदस्यहरु अहिले छोराले गरेको कामप्रति गर्व गर्न थालेका छन।
अहिले उनि दिनको धेरैजसो समय नर्सरीमै बिताउछन।
उनि घरमा नहुदा बा आमा र उनको श्रीमतीले नर्सरी हेरचाह गर्छन।
बिभिन्न मेला महोत्सवमा पनि स्टल राख्छन।
धरानमा भएको प्रदेश स्तरिय पुष्प प्रदर्शनी तथा मेलामा समेत सहभागि भइरहेका छन।
रोशनको अनुभवमा नेपालमा पुष्प ब्यवसायको राम्रो सम्भावना छ।
फुलप्रति सबैको चासो बढ्दै गरेको उनको ठम्याइ छ।
घर आगनमा फुल रोप्ने, बगैचा बनाउने शहरतिर प्रतिस्पर्धा चलेको छ।यसले पुष्प ब्यवसायको भविष्य राम्रो भएको ठहर समेत उनको छ।दक्ष कामदारको अभाव, यातायातको साधनको अभाव तथा हावाहुण्डरी तथा प्राकृतिक प्रकोपले भने यस ब्यवसायलाई समस्यामा पार्ने उनको भनाइ रहेको छ।
उनले आफ्नो ब्यवसायलाई बिस्तार गर्दा केहि ठाउॅहरुमा जग्गा भाडामा लिएका छन र त्यस ठाउमा पनि नर्सरी खोल्दैछन।
अहिले दैनिक जसो धेरै मानिसहरु फुलको बिरुवा खोज्दै उनको नर्सरी पुग्छन अनि फुल किनेर फर्किन्छन।कृषि र पुष्प ब्यवसायका बिध्यार्थीहरु अवलोकन र ज्ञान लिनको लागि बिभिन्न ठाउबाट समेत आउन थालेको साथै
नगरपालिका कार्यालयले पनि यस ब्यवसायको लागि आवश्यक सहयोग गरिरहेको उनको भनाई छ।
उनले अहिले माग जति बिरुवा उत्पादन गर्न सकेका छैनन
देशका सहरी क्षेत्रहरुमा फुलको बिरूवाको धेरै माग भएको भन्दै अबको केहि बर्ष भित्र त्यहा समेत बिरुवा पुर्याउन लागिपर्ने उनले बताए।
बराहक्षेत्र नगरपालिका भरी बिभिन्न सघंसस्था र घरहरुमा उनले गार्डेनिङ गरिदिएका छन।साथै उनि यस सम्बन्धी जानकारी लिन चाहने हरुलाई आवश्यक सल्लाह सुझाव र परामर्श पनि उपलब्ध गराॅउछन।
कसलै फुल खरिद गर्न चाहे होम डेलिभरीको सेवा पनि पुर्याउदै आइरहेका छन।
फुल ब्यवसायमा लागेपछि आर्थिक लाभ त एकातिर छदैछ ।
फुलबारीमा फुलसङ्ग रमाउदा दिनभरको थकान समेत हराउने उनको अनुभव छ।
फुर्सदको समयमा फुल र गार्डेनिङ लगायतको बिषयहरुको पुस्तक पढ्दछन
इन्टरनेट बाटसमेत यस बिषयमा ज्ञानहरु लिन्छन।
उनी आफैमा प्रविधी मैत्री पनि छन।
गार्डेन सेन्टरको बिभिन्न गतिविधी र सामाग्रीहरुलाई फेसबुक र टिकटकमा पस्किरहन्छन।
अझ भनुम उनले पुरै आफ्नो समय यिनै फुलहरुसङ्गै बिताइरहेका छन
आफ्नै गाउॅघरमा बसेर कृषि ब्यवसायमा लागेका रोशन समाजको एक उदारणिय पात्र हुन।यस्ता पात्रहरु सम्बन्धीत निकायहरुबाट सक्दो सहयोग हुनु पर्दछ।