विराटनगरका उद्योगी व्यवसायी राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार नियुक्त भएका छन्।
मुख्यमन्त्री राईले उद्योगी व्यवसायीलाई बुधबार आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्। आर्थिक सल्लाहकार नियुक्त भएलगत्तै राउतलाई मुख्यमन्त्री राईले आजै आफ्नो कार्यालयमा स्वागत गरेका छन्।
आर्थिक सल्लाहकार नियुक्त उद्योगी व्यवसायी राउत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं महासंघ प्रदेश १ का उपाध्यक्षसमेत हुन्। आर्थिक सल्लाहकार राउतले मोरङमा विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छन्।