देशभर चिसो बढ्ने क्रम जारी रहेकाले होसियारी अपनाउन भन्दै मौसम पूर्वानुमान महाशाखाले दिनदिनै २४ घण्टे चेतावनी जारी गरिरहेको छ।
यसै क्रममा आज (सोमबार) बिहान ६ बजे महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
तराईका भूभागममा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।
यसैबीच काठमाडौं उपत्यकामा पनि चिसो निकै बढेको छ।
मौसमविद्का अनुसार आज बिहान पौने ६ बजेको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ३.६ डिग्री सेल्सियस छ। देशका अन्य स्थानका न्यूनतम तापक्रम भने अहिले बिहान पौने ९ बजे प्रकाशन हुनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। यतिबेला पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो ९बिहान १०र११ बजेदेखि साँझ ६ बजेसम्म० बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।