सुनसरीको इटहरी उप-महानगपालिका ९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न २ जनालाई पक्राउ गरिएको छ ।
अनुसार पक्राउ पर्नेमा इटहरी ४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका ५ का २० वर्षीय मिनराज पराजुली छन् ।
गत २८ मंसिरमा रिभरसाईड होटल एण्ड लजमा अवैध यौन कार्य गर्ने गराउने गरेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्वार गरेको हो । पक्राउ परेका लेप्चा र पराजुली दुवै जनालाई म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।