बेलका नगरपालिकाको प्रचारप्रसार समितिले आज २९ गते बसेको बैठकले नगरपालिकाको तल्लो भवनमा पुस ४ गतेदेखि मतदाता नामावली सङ्कलन कार्यक्रम सुरु हुने भएको छ ।
पुस ४ गतेदेखि सुरु भइ १८ गतेसम्म संचालन हुने भएको हो। पुस ४ गते पहिलो दिन वडा नम्बर ९ बाट सुरु हुनेछ । भने ५ गते ३ नम्बर वडा ६ गते ४ नम्बर वडा ७ गते ५ नम्बर वडा ८ गते ८ नम्बर वडा ९ गते १ नम्बर वडा १० गते २ नम्बर वडा ११ गते ६ नम्बर वडा १२ गते ७ नम्बर वडा र १३ गतेदेखि १८ गतेसम्म छुटफुट भएका सबै वडा नामावली संकलन गर्ने सूचना अधिकारी चेतनाथ गौतमले बताए ।
उनले भने नामावली संकलन आउँदा ल्याउनु पर्ने कागजात नेपाली नगारिकको सकल , बसाइँसराइको प्रतिलिपी र विवाह भइ आएको हकमा विवाह दर्ताको प्रमाणपत्र को प्रतिलिपी ल्याउनु पर्नेछ ।
१८ गतेसम्म मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन हुदैछ ।
सुनसरी जिल्लामा रहेका जिल्ला बाहिरकाले पनि आफ्नो स्थानीय तहमा मतदाता नामावली दर्ता गर्न चाहे जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नवमालीमा नाम दर्ता गर्न सक्नेछन् ।