निरन्तर ओरालो लागेको शेयर बजारमा साताको पहिलो दिन आइतबार पहिरो गएको छ ।
आइतबार एकैदिन नेप्से परिसूचक ८८.७३ अंकले घटेर बजार २३०० काे बिन्दुमा आएकाे छ । आइतबार बजार २३६१ काे बिन्दुमा अडिएकाे छ । आजको दिन विभिन्न कम्पनीका ७४ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोडको कारोबार भएको छ ।
आइतबार सेन्सेटिभ इन्डेक्स पनि १५ अंकले घटेको छ । आज अधिकांश कम्पनीहरुले गुमाएका छन् ।