बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजाबासमा रहेको श्री सरस्वती माध्यमिक बिधालयको ६०औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
आज बैशाख २१ शुक्रबार स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा स्काउट विद्यार्थीहरु द्वारा स्वागत नृत्य प्रदर्शन गर्दै कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा बिधालयको प्रधानध्यापक इन्द्रबहादुर बस्नेतले स्कुलले गरेको वार्षिक प्रतिबेदन र भाबी योजना समेत प्रस्तुत गरेका थिए ।
उमेश कुमार मण्डल , रामचन्द्र पोख्रेल र संगीत बराल पोख्रेल गरि तिनजना शिक्षकहरु लाई सम्मान गरि गरिएको थियो । त्यसैगरि अक्षयकोष दाताहरु मनमाया लिम्बू , तिलक लिम्बू र राजबहादुर राई लाई समेत सम्मान गरिएको इन्द्रबहादुर बस्नेतले बताए ।
वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न बिधाहरुमा बिद्यार्थी हरुलाइ पुरस्कार तथा सम्मान गरिएको थियो । शैक्षिकसत्र २०८०” मा प्रथम ,दृतिय,तृतीय एवं सरसफाइ , अनुशासन , दिनहुँ कक्षाकोठामा आउने बिद्यार्थी , हाजिर जबाफ , कक्षा मनिटरलाई लगायतलाई स्कुलले पुरस्कृत गरिएको समेत बस्नेतले बताए ।
स्वर्गीय स्मृति कोषबाट कक्षा १२ को उत्कृष्ट नतिजा ल्याउने भवनी बिक्रम सापकोटा र केशिका खत्री लाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो । अक्षय कोष तथा बिद्यार्थी कल्याण कोष बाट पोशाक छात्रवृत्ति २१ जनालाई प्रदान गरियो ।
साथै राष्ट्रपति रनिङ शिल पदक प्राप्त गर्ने बिद्यार्थी लाई प्रोत्साहन पदक प्रदान गरियो ।
उक्त कार्यक्रममा सरस्वती माध्यमिक बिधालय ब्यवस्थापन समितीको अध्यक्ष दिपक कुमार लिम्बू सभापति रहेका थिए ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र बहादुर मल्ल को प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रूपमा बराहक्षेत्र नगरपालिका वडा ९ को वडा अध्यक्ष निरन्जन चन्द्रवंशी लगायत रहेका थिए ।