बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजाबासमा जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी चक्रघट्टि फुटबल क्लबको पोल्टामा परेको छ।
आज भएको फाइनल खेलमा तालतलैया फुटबल क्लब र चक्रघट्टि फुटबल क्लब बीच भएको खेलमा २-२ गोल गर्दै खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलको पहिलो हापको ८ मिनेटमा तालतलैया फुटबल क्लबका खेलाडी जर्सी नम्बर १५ पुजन चौधरीले गोल गर्दै खेलमा पहिलो खाता खोलेका थिए ।
भने खेलको दोस्रो हापको ३५ मिनेट चक्रघट्टि फुटबल क्लबका जर्सी नम्बर ७ का धिरेन्द्र लिम्बूले हानेको कर्नार प्रहारलाई जर्सि नम्बर १४ रोशन भुजेल हेड गोल गर्दै खेल बराबरमा पुराउन सफल भएका थिए ।
पुर्न चक्रघट्टि फुटबल क्लब जर्सी नम्बर १२ सन्जय धिमालको पासलाई जर्सी नम्बर १० भुवन बस्नेतले खेलको १७ मिनेट गोल गर्दै खेलमा अग्रता लिएका थिए । भने खेल ५९ मिनेटमा तालतलैया फुटबल क्लबका खेलाडी जर्सी नम्बर १५ पुजन चौधरीले पुर्न थप गोल गर्दै खेल बराबर बनाउन सफल भएका थिए।
त्यसपछि दुबै टिमबाट गोल फर्काउने निकै प्रयास गरेपनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा २-४ गोल गर्दै चक्रघट्टि फुटबल क्लब बिजय भए संगै प्रथम पुरस्कर ५१ हजार मेड्ल ट्रफी लगायत हातपारे भने दोस्रो उनले तालतलैया फुटबल क्लब ३५ हजार मेडल ट्रफीमा चित्त बुझाउनु परेको थियो ।
खेलको म्यान अफ द म्याच तालतलैया फुटबल क्लबका खेलाडी जर्सी नम्बर १५ पुजन चौधरी घोषित भए उनले नगद १५ सय सहित ट्रफि हातपारेका थिए । भने बेस्ट गोलरक्षक चक्रघट्टि फुटबल अषिफ राई घोषित भए , बेस्ट डिफेन्स तालतलैयाका मनिष क्षेत्री ,बेस्ट मिड फिल्ड चक्रघट्टिका धिरेन्द्र लिम्बु , बेस्ट फोर्वड तालतलैयाका सिजल राई , बेस्ट कोच चक्रघट्टीका दिनेश राईले जनही २५ सय ट्रफी चेक पाएका थिए ।राइजिङ प्लयेर राजाबासका अभिषेक दर्नाल, हाई स्कोर पुजन चौधरी , भुवन बस्नेत र जोशन राई भए उनिहरुले खेलमा दुई दुई गोल गरेका थिए भने ३१ सय ।बेस्ट प्यलेर चक्रघट्टिका रोशन भुजेल घोषित भए उनले ३१ सय सहित ट्रफी चेक पाएका थिए ।
प्रतियोगितालाई बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ को कार्यालयको मुख्य प्रायोजन रहेको तथा बराहक्षेत्र नगर खेलकुद बिकास समित संरक्षक रहेको खेल कार्तिक १३ गतेदेखि २४ गतेसम्म संचालन भएको खेल संयोजक रोनि बिष्टले बताए ।