वराहक्षेत्र नगरपालिका वडा नं २ हाटखोला (चतरा)मा सार्बजनिक सप्ताह पुराण आयोजना हुने भएको छ ।
स्थानिय हाटखोलावासिहरुको आयोजनामा मसिर- ९ देखि १६ गतेसम्म उक्त पुराण आयोजना हुनेछ । स्थानियबासिहरु अकप्पनिय घटना भई आत्म हत्या गरि मृत्यु भएका र विभिन्न स्थानहरुबाट आउनु भइ गाउँमा आएर बेवारिसे अबस्थामा मृत्यु हुनु भएका महानुभाबको मृत्त आत्माले चिर शान्ति र बैकुण्ठ बाँस होस भनि सार्वजनिक महा-सप्ताह पुराणा आयोजना गर्न हाटखोलावासिले निर्यण गरेको पुराण व्यवस्थापन समितिका अध्यक्ष रोहित साहले जानकारि दिएका छन् ।
हाटखोलावासिको आम भेलाले पुराणको उदेश्य र मिति तय गर्दै पुराणको आयोजनाकोलागि व्यवस्थापन र सञ्चालक समिति समेत गठन गरेको छ । स्थानिय युवा रोहित साहको संयोजकत्वमा व्यवस्थापन र स्थानिय इन्द्रमाया बुढाथोकीको संयोजकत्वमा सञ्चालक समिती समेत गठन गरिएको छ ।
व्यवस्थापन समितिको कोषाध्यक्ष बिणा लामा सदस्यहरुमा लक्ष्मी श्रेष्ठ , तारा श्रेष्ठ, लिजा राई, सुर्य तुम्बाहाम्फे , सुस्मा तामाङ्ग , आकाश राई र मिना तामाङ्ग रहेका छन् । भन्ने सञ्चालक समितिको सदस्यहरुमा ध्यानबहादुर सुनुवार , सुबधन राई, दुर्गा श्रेष्ठ , राजकुमार पौडेल, भुपेन्द्र बुढाथोकी, रोहित साह ,लिजा राई र सुस्मा तामाङ्ग रहेका छन् ।
समिति गठनसंग पुराण आयोजना र सम्पन् गर्न सहयोगी दाता , रसिदबाट संहयोग संक्ललन र पुराणको तयारी सुरु भएको व्यवस्थापन समितिका संयोजक साहले बताए ।