आज बुधबार वराहक्षेत्र नगरपालिकाले प्रकासपुरमा बजार अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई तिब्र बनाउने योजना अनुसार नगरपालिकाको अनुगमन टोलिले प्रकासपुर बजार अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।
अनुगमनको क्रममा प्रकासपुर बजारमा रहेको पसलहरुबाट म्याद नाघेका खाद्यन सामाग्री बढि मात्रामा चिसो पदार्थहरु , बिस्कुट , घिउ , कस्मेटिकका सामाग्री सेक्फु , नगरपालिकाले प्रतिबन्ध गरेको कालो प्यालेस्टिक गरेर करिव १ लाख बरावरको सामाग्रीहरु फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री फेला परेको पसल , दत्ता प्रकृया नगरी सञ्चालन भएका पसलहरुमा १५ सय देखि २५ हजारसम्म जरिमाना समेत गरिएको थियो ।
बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाईएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप-प्रमुख नन्दकुमारी सुनुवारले बताईन् ।
उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत देबेन्द्रबहादुर मल्लले बताए ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकिय अधिकृत देबेन्द्रबहादुर मल्ल, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी,उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ, उपभोक्ता मञ्चका प्रतिनिधि,नेपाल प्रहरी , नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।