सुनसरीको वराहक्षेत्र नगरपालिकाको कार्यालयले ईजरायलमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर कोहि नगरवासी परिवारका सदस्य इजरायलमा अलपत्र परेको भए सम्पर्क गर्न आग्रह गरेको छ ।
बिहिबार सुचना जारी गर्दै नगर प्रमुख रमेश कार्कीले कोहि परिवारका सदस्य ईजरायलमा समस्यामा परेको भए जानकारि गराउन नगरवासीलाई यस्तो आग्रह गरेका हुन् ।
कृषि बिज्ञान अध्ययनकालागि ईजरायल पुगेका वडा नं ११ मधुवन पटुवानी टोलका राजेश कुमार स्वर्णकारलाई श्रद्बाजञ्ली प्रकट गर्दै नगर प्रमुख कार्कीले ईजरायलबाट नेपाल फर्कन चाहने , समस्या भएका आफन्त कोहि भए नगरपालिकामा जानकारि दिन आग्रह गरेका छन् ।
नगरवासी कोहि अलपत्र पर्नु भएको छ भने, उहाँको उद्दार गर्नु गराउनु हाम्रो पनि दायित्व हो’ ’नगरवासी अलपत्र परेका घरपरिवारका सदस्यलाई कहाँ , कसलाई , सम्पर्क गर्ने भन्ने अन्यौलता पनि हुन सक्छ र यसै विषयलाई मध्यनजर गर्दै हामीले सूचना जारी गर्दै नगवासिलाई आग्रह गरेका हौ ।