वराहक्षेत्र नगरपालिका वडा नम्बर २ स्थित बयरवनबाट तासको खालबाट १ लाख भन्दा बढी रकमसहित एक समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गयराती करिब १२ बजे सैनिक चोक नजिकै दिनेश भट्टराईकाे घरबाट इलाका प्रहरी कार्यालय महेन्द्र नगर र चतराको संयुक्त टोलीले तास खेलिरहेका अवस्थामा एक समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वराहक्षेत्र वडा नम्बर २ का २ जना र कोशी पारीका ५ जना रहेको बताइएको छ । पक्राउ परेका उनीहरूको साथबाट अन्दाजी १ लाख १५ हजार भन्दा माथि नगद बरामद भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुनसरी प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीका अनुसार पक्राउ गरिएकाहरूमाथि म्याद थपको प्रक्रिया भइरहेका बताएका छन् ।