वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलामा रहेको वागेश्वरी सामुदायिक वन उपभोक्ता समुहले सडक आसपासमा रहेका झारिहरु सफाई गर्न थालेको छ ।
समुहका उपभोक्ता सहित नेपाल प्रहरी , सशस्त्र प्रहरी वल तथा वराह सव वन डिभिजन कार्यालयसंगको सहकार्यमा सामुदायिक वन समुहले सफाई अभियान सुरु गरेको छ ।
खारखोलाबाट धरान सडक खण्ड र खारखोलाबाट कटहरे जाने सडकको आसपासमा उम्ररिएका झारिले असुरक्षा बढाएको , लागु पदार्थ प्रयोगकर्ताको अखडा बनेको र सामुदायिक वनले रोपेको बिरुवालाई समेत झारिका कारण हुर्कन नदिएकाले सफाई अभियानको सुरुवात गदेको वन समुहका अध्यक्ष युवराज श्रेष्ठले वताए ।
शनिवार बिहान ७ बजेदेखि ११ बजेसम्म भएको सफाई कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरिक्षक राम तिमिल्सिना , सशस्त्र प्रहरी बेस क्याम चतराका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले , इलाका प्रहरी कार्यालय चतराका प्रमुख प्रहरिक नायक निरिक्षक पृश्बी कार्की , वराह सव वन डिभिजन कार्यालयका प्रमुख शिशु झा समेतको उस्तिथि रहेको थियो ।
कटहरेबाट बिद्यार्थीहरु क्याम्पस र बिद्यालय दैनिक आउने गरेको र बाटो आसपासका झारिका कारण उनिहरुलाई असुरक्षा र लागू पदार्थ प्रयोगकर्ताको अखण्डाको रुपमा रहेको क्षेत्रमा सफाई गर्ने सामुदायिकन वन समितिको निर्णय अनुसार सफाई सुरु गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
हरेक शनिबार एक दिन उपभोक्ताहरुको सहभागितामा गरिने सफाई कार्यक्रममा उल्लेखनिय रुपमा उपभोक्ता तथा सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।