बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ महेन्द्र गेट चक्रघट्टीमा बजाज कम्पनीले आफ्ना ग्राहककालागी आकर्षक एक्सचेञ्ज अफर आज देखि सुरु गरेको छ।
असोज १० देखि १२ गतेसम्म आफ्ना ग्राहकका लागी आकर्षक अफर संचालनमा ल्याएकोमाआजै ५ वटा मोटरसाइकल बिक्री भएको अर्बिन तामाङले बताए ।
ग्रामीण भेगमा अर्बिन सोरुमले बजाजको मोटरसाइकल चढ्न चाहने ग्राहकहरुको लागि धरान इटहरी जानुनपर्ने गरि विभिन्न ठाउँमा अफर संचालन गर्दै आएको छ। चक्रघट्टिमा केही दिनको लागि अफर रहेको संचालक अर्बिन तामाङले बताए ।
चक्रघट्टि,प्रकाशपुर ,मधुवन लगायत विभिन्न ठाउ बाट ग्राहकहरुलाई सोरुम आउने समय लाई लक्षित गदै बजाजले नया मोटरसाइकल खरिद गर्दा न्युनतम १० हजार छुट साथै अन्य थप सुबिधा साथै डाउन पेमेन्टको रूपमा लिएर एक्सचेन्जको सुविधा ल्याएको हो ।
जुनसुकै कम्पनीको मोटरसाइकलको अधिक मूल्याङ्कन गरि बजार मुल्य भन्दा थप १० हजार सहित ५० प्रतिशत जम्मा गर्दा ० प्रतिशात ब्याजदर तथा सरल किस्ताबन्दीको सुबिधा फाइनान्सको सुविधा समेत रहेको अर्बिन एण्ड ब्रर्दश अटोका सञ्चालक अर्बिन तामाङले जानकारी दिए।
तामाङका अनुसार मोटरसाइकल क्यस पेमेन्ट गर्दा
हेल्मेट लेगाड र १० हजार छुट उपलब्ध हुनेछ । सरल फाइनान्सकालागी सवारी चालक अनुमति पत्र र नागरिकता मात्र चाहीने उनले जानकारी दिए । यो योजना यही असोज १२ गते सम्मसंचालन गर्ने तामाङले बताए ।