चक्रघट्टि जेसिज द्वारा जेसिज सप्ताह अन्तर्गत आज शनिबार कालाबन्जारमा संचालन भएको चौथो कार्यक्रम अन्तर्गत दोस्रो बराहक्षेत्र रनमा रुपेश भुजेल प्रथम भएका छन ।
सुनसरी पुल देखि कालाबन्जार हुदै नडाहा देखि पुर्न कालाबन्जार सम्म गरि ८ किलोमिटर स्वास्थको लागी दौड प्रतियोगिता भएको थियो ।
उक्त प्रतियोगितामा ३० जान जति सहभागी भएको दौडमा पुरुष तर्फ बराहक्षेत्र ५ रुपेश भुजेल ३३मिनेट ५० सेकेन्डमा दौड गरे प्रथम भए भने दोस्रो बराहक्षेत्र २ का बिनोद राईले ३४ मिनेट २१ सेकेन्ड र बराहक्षेत्र ४का रोजित चौधरीले ३५ मिनेट ११ सेकेन्डमा ८ किलोमिटर पूरा गरि तेस्रो भएका हुन।
महिला तर्फ अस्मिता राईले ४४ मिनेट १७ सेकेन्ड शंखमाया सुबेदीले ५२ मिनेट ३२ सेकेन्डमा दोस्रो र तेस्रो स्थान रिना खङ्गले १ घण्टा १ मिनेटमा पार गरेका थिए ।
रन प्रतियोगितामा बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की वडा नम्बर ७ वडा अध्यक्ष कपिल आचार्य वडा नम्बर ८ अध्यक्ष रोशन खड्का ३नम्बर वडाका वडा सदस्य थिर बहादुर कार्की लगायतले उक्त रन प्रतियोगितामा सहभागी जनाएको जेसिज अध्यक्ष तेजबहादुर पुरी बताए । पुरिका अनुसार सप्ताह अन्तर्गतको भएको कार्यक्रममा बिजेता हुने हरुलाई यश कार्यक्रमको अन्तिम पुरस्कर वितरण गरिने समेत बताए ।