सुनसरीको बराहक्षेत्र न.पा. वडा नं. ०९ कौवाटोली स्थित सप्तकोशी नदी नियन्त्रणको लागि बनाएको बाध Spur no २४-७८ नोजको नजिकै सप्तकोसीको पानीमा मृत शव फेला परेको छ।
आज १ गते सोमबार ११:५० बजेको समयमा प्रहरीलाई खबर आएपछि प्रहरी उक्त घटना स्थलमा शवको नाम, थर, वतन नखुलेको मंगोलियन मुलको जस्तो देखिने अन्दाजी ३५ / ४० बर्ष उमेरकी, कपाल कालो लामो, दाहिने हातमा रातो रंगको काचको ६ वटा चुरा, बाया हातमा धातुको बाला, खैरो रंगको ब्रा लगाएको, घाटीको पछाडी गर्दन र दाहिने काखी मुनी कोठी जस्तो सानो मासु पलाएको मृतक महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर निमित्त प्रमुख मनिष थापाले बताए ।
उक्त शवलाई मुचुल्का समेत गरी हाल वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृहमा राखिएको थापाले बताए । अहिलेसम्म निजको आफन्तहरु कार्यालयको सम्पर्कमा समेत नआएकोले निज वेवारिसे महिला नाम, थर, वतन, सम्पर्क नखुलेको उनले बताए ।