सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहमा विश्वकर्मा मन्दिरको शिलान्यास गरिएको छ।
आज असोज १ गते विश्वकर्मा पूजाको दिनलाई पारेर विश्वकर्मा सेवा समाज बराहक्षेत्र द्वारा शिलान्यास गरिएको हो।उक्त शिलान्यास बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्द कुमारी सुनुवारले गरेका हुन।
विश्वकर्मा सेवा समाजका अध्यक्ष सान गजमेरले भने नडाहामा धेरै देविदेवताका मठ मन्दिर रहेको तर विश्वकर्मा मन्दिर नरहेको हुँदा आज पुजाको दिनलाई साइत मानेर उप प्रमुख सुनुवारको हातबाट शिलान्यास गरेको बताए ।
विश्वकर्मा सेवा समाज बराहक्षेत्रको कोषमा संकलन गरेको ३ लाख र बाकी वडा नगर संघ संस्था साथै विभिन्न ब्याक्तीहरुको सहयोगमा उक्त मन्दिर निर्माण गर्ने अपेक्षा सहित अगाडि बढेको बताए ।
शिलान्यास कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका वडाध्यक्ष रादिप लामा,पूर्व वडाध्यक्ष रुद्र दाहाल,भरौल खानेपानी संस्थाका अध्यक्ष पुष्प बस्नेत, महिला सरोकार समाजकी अध्यक्ष कमला थापा,जनप्रतिनिधि लगायत राजनीतिक दल संघ सस्थाका व्यक्तित्वहरु,बौद्धिक वर्ग लगायतको उपस्थिति रहेको थियो।
सचिव सुनिल दियालीले भने यश मन्दिर निर्माण गर्न वडा ,नगर र विभिन्न संघ संस्था सहयोग गर्ने प्रतिबद्धता समेत दिएको बताए र अपुग भए श्रमदान मार्फत यश मन्दिरको चाँडै निर्माण गरिने बताएका छन्।