बराहक्षेत्र नगरपालिका वडा नम्बर १ बराहक्षेत्र मन्दिर नजिकै कोकाहा खोलाको पानीमा मृत शव फेला परेको छ।
आज २८गते करिब ११:४५ बजेको समय उक्त शव फेला परेको प्रहरी जनाएको छ।
शवको नाम, थर, वतन नखुलेको तराई मुलको जस्तो देखिने अन्दाजी ५५/६० बर्ष उमेरको, कपाल दाह्री लामो र फुलेको, दाहिने हातको चोरी र साहिली औलामा धातुको औठी लगाएको, फिक्का सेतो कमिज, खैरो कट्टुलाई प्लाष्टिकको डोरीले बाधेर लगाएको मृतक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमु मनिष थापाले बताए ।
उक्त शवको कानुनी प्रक्रिया पुरा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृहमा राखिएको र निजको आफन्तहरु यस कार्यालयको सम्पर्कमा समेत नआएकोले निज वेवारिसे पुरुष मानिसको नाम, थर, वतन, सम्पर्क नखुलेको हुँदा निज मृतकको आफन्त खोजतलासको लागि विभिन्न मिडियाहरु संग सहकार्य गरि मिडिया मार्फत आफन्त संग पुगाउन पहल समेत गरेको प्रहरी बरिष्ठ नायब निरीक्षक साथै निःकार्यालय प्रमुख मनिष कुमार थापाले बताए ।