बराहक्षेत्र नगरपालिका ८ मा रहेको नगरको पहिलो निजि कलेज जीवन ज्योति इङलिस स्कुलका +२ का (१८ छात्र, १८ छात्रा) गरि ३६ जना विद्यार्थी हरुलाई नेपाली सेना बाट राष्ट्रिय सेवा दल (NCC) तालीम आज मंसिर १९ गतेदेखि संचालन सुरु भएको छ।
श्रि राष्ट्रिय सेवा दल पृर्वी तालिम शिक्षालय बाङ्शिला मोरङ द्वारा संचालित सि.सं. १६औं सिनियर डिभिजन तालिम सुनसरीमा २ वटा बिधालयमा र जुनियर डिभिजन तालीम ४ वटा गरि सुनसरीमा ६ वटा स्कुल संचालन भएको जसमा सामुदायिक स्कुल ४ र निजि बिधालय २ रहेको कर्नेल अर्जुन दुलालले बताए ।
NCC तालीम संचालन गर्ने मुख्य उदेश्य भनेको युवा बर्गमा अनुशासन लगनसिल नेतृत्व बिकसा क्षमतावान बफादार ईमानदार राष्ट्रियताको भवन र एक असल नागरिक बनाउने उदेश्य रहेको बताए । शारीरिक तालीम हतियार फाइरिङ्ग लगायत कार्य हुने र उक्त तालीम ३५ दिन सम्म संचालन हुने समेत बताए ।
स्कुलका पिन्सिपल दिवस बिष्टले भने NCC तालीम हाम्रो स्कुलका विद्यार्थी हरुले लिन पाउदा हामी स्कुल परिवार हर्षित भएको बताए ।
NCC तालीम संचालन गर्न नेपाल सरकार द्वारा संचालन भएको बताए ।उनले भने नेपाल भरी कुल ७ हजार ७ सय जना विद्यार्थीहरुले NCC तालीम हुने समेत बताए ।