बराहक्षेत्र नगरपालीका वाड नम्बर १० को कार्यालयले आफ्नो वडामा रहेका किसान हरुले पालेको गाईगोरुमा लाग्ने लम्पी स्किन खोप लगाउने कार्य सम्पन्न गरेको छ।
वडाले आफ्नो किसानहरुले पालेको गाईबस्तुमा अहिले भाइरलको रूपमा आएको लम्पी स्किन रोग बाट बचाउन वडाले आफै खरिद गरि वडामा भएको ९ सय ५० वटा गाईबस्तुलाई घरमै पुगेर खोप लगाई दिएको वडा अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
हामीले खोप अभियानको रूपमा लिएर किसानले पालेको गाईबस्तु खोप लगाउने अभियान सम्पन्न गरेको बताए । गुरुङले भने यदि कहिँ कतै छुटपुट हुनसक्ने भएकोले यदि कसैको घरमा छुटेको भए वडा कार्यालयमा सिधै सम्पर्क गर्न समेत अग्रह गरेका छन ।