बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ राजधामी चौकमा बिरामी बोकेर आएको एम्बुलेन्स दुर्घटना भएको छ।
बिराटनगरमा रहेको हस्पिटलबाट बिरामी बोकेर आएको मे१च १७३३ नम्बरको एम्बुलेन्स बराहक्षेत्रको राजधामी चौकमा दुर्घटना भएको छ।
एम्बुलेन्समा रहेको बिरामीहरु उदयपुर घर भएको स्थानीयले बताए ।
गाडीमा चलाक सहित ४ जना रहेका थिए भने दुर्घटनामा मानवीय क्षेति भने नभएको प्रहरीले जनाएको छ।
बिरामी सबै दोस्रो गाडी खोजेर घर गएका छन। भने चालक भागेको समेत स्थानीयले बताए ।