बेलका उद्योग वाणिज्य संघ रामपुरमा आज शुक्रबार भएको निर्वाचनमा चन्द्र सेखर मण्डल (चन्द्र मणि) अध्यक्ष पदमा १६२ मत प्राप्त गर्दै निर्बाचित भएका छन।
उनका प्रतिस्पर्धा गर्न पर्शुराम अधिकारीको खरायो चिन्नमा १सय २ मत शेर बहादुर खत्रीको रेडियो चिन्नमा १७ मत प्राप्त गरेका थिए
यता मण्डलले ५८ मत बढी हात्ती चिन्नमा प्राप्त गरि मण्डल अध्यक्षमा बिजय भएको निर्वाचन अधिकृत भरत घिमिरेले बताए ।
त्यसैगरी प्रथम उपाध्यक्ष पदमा तिर्थ पराजुली, महासचिव पदमा सुसिल बिक्रम थापा, सचिव पदमा घनश्याम घिमिरे, कोषाध्यक्ष पदमा राकेश के. सि. त्यसैगरी सदस्यमा प्रशुराम राई, राजेश श्रेष्ठ, धर्मराज थापा, शुशिला तामाङ, कबिराज राई, थिर कुमारी अधिकारी र जितेन्द्र शाह बिजय भएका छन।
जम्मा मतको संख्या ३३५ जम्मा खसेको २९२ रहेको र अध्यक्षको उमेदवार ३ जना रहेका थिए ।