सुनसरीको रामधुनी नगरपालिका-९ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
हिजो राती साढे ११ बजे स्थानीय २० बर्षीय निरज चौधरी शौचालय जाने क्रममा अचानक काटिएको विद्युतीय तारमा टेक्न पुग्दा करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि टिचिङ अस्पताल बिराटनगर लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।