वराहक्षेत्र नगरपालिकाले जेठ – १ गतेबाट ४० माइक्रोन भन्दा कम प्लाष्टिकका झोला प्रतिबन्द गरेको छ ।
नगरपालिकाले फोहोर मैला व्यवस्थापन एैन २०६८, फोहोर मैला व्यवस्थापन नियामवलि २०७० , प्यालाष्टिक झोला नियमन तथा नियन्वण निर्देशिका २०६८ र वराहक्षेत्र नगरपालिकाको प्लाष्टिक झोला प्रतिबन्धित सम्बन्धि निर्देशिका २०७९ ले सार्वजनिक स्वास्थ्य तथा वातावरणीय संरक्षणलाई ध्यानमा राखी तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको प्लाष्टिकको झोला वा ४० माइक्रोन भन्दा कमको प्लाष्टिकको झोला आयात, निर्यात , बिक्रीवितरण , भण्डारण तथा प्रयोगमा नगरपालिकाले जेठ १ गतेबाट लागू हुने गरि रोक लगाउने निर्णण गरेको थियो ।
४० माइक्रोन भन्दा कमको प्लाष्टिकको झोला आयात, निर्यात , बिक्रीवितरण , भण्डारण तथा प्रयोगमा कडाई गर्न नगरपालिकाले अनुगमन सुरु गरेको उप-प्रमुख नन्दकुमारी सुनुवारले बताईन् । ४० माइक्रोन भन्दा कमको प्लाष्टिकको झोला आयात, निर्यात , बिक्रीवितरण , भण्डारण तथा प्रयोगमा पुर्ण रुपले जेठ – १ गतेबाट रोक गरिएको र उक्त कार्यक्रमलाई सफल बनाउन अनुगमन गरिएको उप-प्रमुख सुनुबारको भनाई छ । उप-प्रमुख सुनुबारका अनुसार ४० माइक्रोन भन्दा कमको प्लाष्टिकको झोला आयात, निर्यात , बिक्रीवितरण , भण्डारण तथा प्रयोगलाई कडाई गर्न अनुगमनलाई प्रभाबकारी बनाईने छ ।
बुधबार बाङ्गे बजारमा गरिएको अनुगमनमा अधिकाश ब्यपारीले ४० माइक्रोन प्लाष्टिकको झोला र फाईफरको झोला प्रयोग गरिएको पाईएको नगरपालिकाका आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिबारीले बताए । तिवारिका अनुसार व्यापारीलाई हाल ४० माइक्रोन भन्दा कमको प्लाष्टिकको झोला आयात, निर्यात , बिक्रीवितरण , भण्डारण तथा प्रयोगमा रोक भएको बारे सचेत गराईने र अर्को पटक यस्ता कार्य गरे व्यपारी र उपभोक्तालाई नै जरिमाना गरिने छ ।
फोहोरमैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाइ कम गरि स्वच्छ तथा स्वस्थ्य बातावरण कायम गर्नका लागि फोहोर मैलाको स्रोतमा नै न्युनिकरण , पुन: प्रयोग , प्रसोधन वा विसर्जन गरी फोहोर मैलाको व्यवस्थित र प्रभावकारी व्यवस्थापन गर्न तथा फोहोरमैला व्यवस्थापन जस्तो अत्यन्त जरुरी सेवा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्ने नेपाल सरकारले फोहोर मैला व्यवस्थापन एैन २०६८ जारी गरि उक्त एैनको दफा ३ ले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहको हुने व्यवस्थापन गरेको र सोही आधारमा वराहक्षेत्र नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक नीति तथा कार्यक्रममा समेत प्लाष्टिक झोला मुक्त बराहक्षेत्र नगर घोषणा गर्ने कार्यक्रम निर्धारण गरी २०८० जेठ १ गतेबाट गुणस्तरहिन प्लाष्टिक झोला वा ४० माइक्रोन भन्दा कमका प्लाष्टिक झोला आयात, निर्यात , बिक्रीवितरण , भण्डारण तथा प्रयोगमा रोक लगाउने निर्णय भई हाल कार्यन्ययन भईरहेको प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकाश सिटौलाको भनाई छ ।