उदयपुरको कटारी नगरपालिका-१२ चिलाउने स्थितमा चट्याङ लागेर एकजना बालकको मृत्यु भएको छ ।
मंगलबार बिहान ९ बजे स्थानिय निमा तामाङको १२ बर्षिय छोरा खड्ग बहादुर तामाङलाई गोठमा बसिरहेको अबस्थामा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृतक लाशको कानुनि प्रकृया पुरा गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।