रामधुनीबाट प्रतिबन्धित औषधी सहित १ जना महिला पक्राउ
सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो साढे ३ बजे डेरा गरी कोठामा बस्दै आएका सुदेश राई र उनको श्रीमती २४ बर्षीया उर्मीला चौधरीले प्रतिबन्धित औषधी बिक्री बितरण गरीरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उनीहरु पक्राउ गरेका हुन।
Tramadol Hydrochloride Capsules I.P.Teercare-50 लेखिएको प्रतिबन्धित औषधी ४ हजार ४ सय २० ट्याप्लेट र नगद २६ हजार रुपैया सहित चौधरीलाई नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।