बराहक्षेत्रको चावचाबासीव्दारा उनिहरुलाई पनि पानी दिनु पर्ने माग
चतराः अहिले सामाजिक सञ्जालमा पत्रकार भिषण राईको ‘नानो खबर’को एउटा भिडियो भाइरल भैरहेको छ । त्यसमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कोकाहा खोलाबाट धरान खानेपानी ल्याउने अभियानका विच वराहक्षेत्र वडा १ चावचाका स्थानियबासीले उनिहरुलाई पनि खानेपानी नदिएर योजना अघि बढ्न नदिने कुरा बताएका छन् ।
धरानबासीका लागि कोकाहाबाट खानेपानी ल्याउने मेयर साम्पाङको अभियानमा चावचाबासीको आपत्ति ‘खाँदै गरेको गाँसमा ढुंगा’ परेको जस्तो भएको छ । यस्लाई चावचाबासीहरुसंगा सहकार्य गरेर समाधान गर्न जरुरी भएको उनिहरुले बताएका छन् ।
भिडियोमा स्थानियबासी नरायण दहालले शनिवार एक्कासी मेयर हर्क साम्पाङको नेतृत्वमा पाइपहरु लिएर हजारौं मानिस आउँदा मात्र चावचाबासीलाई कोकाहाबाट धरान खानेपानी पानी लैजान लागेको थाहा भएको बताएका छन् ।
अर्का स्थानियबासी बुद्धराज भण्डारीले उक्त योजना बनाउँदा जुन बाटो हुँदै पानी लैजाने हो त्यहाँ जग्गा जमिन बासोबास भएको स्थानियबासी संग सहकार्य गरिनु पथ्र्यो भनेका छन् । तर योजनका बारेमा चावचाका स्थानियबासी बराहक्षेत्र नगरपालिका, वडा कार्यालय कसै संग पनि सहकार्य भएको छैन ।
यसरी योजना अघि बढाउनु चावचाबासीलाई हेपेको जस्तो भएको उनको गुनासो छ । मेयर हर्क साम्पाङ संग यो कुरा राखेको उनले बताएका छन् । चावचाबासीले पनि पानी खान नपाएकाले अवस्थामा कमसेकम एउटा धारा गाउँलाई दिनु पर्ने र पाइप लगाउँदा जमिन प्रयोग भएको क्षतिपूर्ति दिनुपर्ने माग गरिएको दहालले बताएका छन् ।
तर मेयर साम्पाङले खानेपानी दिन नमिल्ने, क्षतिपूर्ति दिने विषयमा विचार गर्न सकिने बताएकाले स्थानियबासी असन्तुष्ट भएको उनको भनाई छ । भिडियोमा अर्का स्थानियबासी तोया दहालले मिटर लगाएरै भएपनि धारा दिनुपर्ने माग गर्दा पनि अस्विकार गरेका हुँदा यहाँ बाट लैजाने पानी फुटाएरै भएपनि खाने बताएका छन् ।
पत्रकार भिषण राईले चावचामा पनि खानेपानीको समस्या भएकोले त्यहीँबाट धरान खानेपानी लैजाँदा उनिहरु भने काकाकुल भएर बस्नुपर्ने अवस्थाका कारण आन्दोलित भएको रिपोर्टिङ गरे्का छन् । तस्बिर फाइल