सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा छैटौं संस्करणको अन्तराष्ट्रिय भरौल आमन्त्रित गोल्ड कप बुधबारबाट आयोजना हुने भएको छ ।
वडा नं ५ स्थित कालाबञ्जरमा स्थानीय न्यु स्टार क्लबको आयोजनामा चैत्र १५ गतेदेखि २२ गते सम्म प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए ।
प्रतियोगितामा भारतका दुई क्लव आमुक्त परिवार दार्जिलिङ र कञ्चनजंगा फुटबल क्लव सिलगुडी सहित काठमाडौको २ टिम र चितवन , मोरङ्ग, सुनसरीका टिमहरु सहभागी हुनेछन् ।
जसमा काठमाडौका डिवाईन व्याईज युनियन र क्षमादेवि प्यालिङग व्याईज युनाईटेड , चितवनको केबिए ग्लोवल फुटबल क्लव , मोरङ्गको एन्फा मोरङ्ग , सुनसरीको राष्ट्रिय जनजागृती क्लव र आयोजक न्यु स्टार फुटवल क्लवको सहभागी हुनेछन् ।
प्रतियोगिताको बारेमा सोमवार पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन। प्रतियोगिता जगन्नाथ डेजराज जनता माध्यमिक बिद्यालयको खेलमैदान पोखरी टोलमा आयोजना हुनेछ । उद्घाटन खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एन्फा मोरङ्गका बिच हुनेछ ।
प्रतियोगितामा कुल ५५ लाख ५१ हजार लागत अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख र दोस्रो पुरस्कार २ लाख रहने छ । प्रतियोगितामा सर्वउत्कृट खेलाडीले २५ हजार र बिधागत उत्कृष्ट खेलाडि लाई जनही १० हजार दैनिक म्याच अफद म्याच ५ हजार प्राप्त गर्नेछन् ।
नयाँ खेलाडीलाई प्रोत्साहन, खेल कौशल प्रस्तुतीसँगै दुव्यर्सन मुक्त समाजको निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक समेत रहेका वडा नं ५ का अध्यक्ष रोहित काफ्लेले बताए । कालाबञ्जरमा आयोजना हुने अन्तराष्ट्रिय आमन्त्रित भरौल गोल्डकप वराहक्षेत्रको गौरब र प्रतिष्ठित फुटबल प्रतियोगिता समेत भएको काफ्लेले भनाई छ ।
संयोजक काफ्ले भने खेल सम्पन्न भएको २० दिन भित्र यसैगरी पत्रकार सम्मेलन गरेको आय ब्याय सार्वजनिक गरिने समेत प्रतिबद्धता व्यक्त गरेका छन । आर्थिक संयोजक संन्जिब डुग्गलका अनुसार खेल हेर्न आउने दर्शकहरुले पहिलो चरणमा ५० रुपैयाँ अनि सेमिफाइनल र फाइनलमा १ सयको टिकट काटेर खेल हेर्नुपाइने बताए ।