बराहक्षेत्र नगरपालिमा चाैथो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
प्रतियोगितमा प्रकाश माध्यमिक विद्यालय बराहक्षेत्र -१० ले १०० अंक सहित प्रथम स्थान हासिल गरेको हो। जसमा ५० अंक सहित द्धितिय स्थान हासिल आदर्श माध्यमिक विद्यालय बराहक्षेत्र -२ र तृतीय स्थान हासिल गर्ने महेन्द्र माध्यमिक विद्यालय बराहक्षेत्र -६ सफल भएको छ।
प्रतियोगितामा प्रथम स्थान ,द्धितिय स्थान र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई प्रथम पुरस्कार नगद ५० हजार, द्धितिय पुरस्कर नगद ३० हजार र तृतीय पुरस्कर नगद २० हजार र ट्रफि प्रमाणपत्र मेड्ल पाएका थिए । साथै उत्कृष्ट खेलाडिलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगितामा बराहक्षेत्र नगरपालिका भरीका माध्यमिक विद्यालयहरु गरि जम्मा २४ वटा सहभागी भएको उक्त खेल बराहक्षेत्र नगरपालिका वडा न .७ मा रहेको श्री बसन्त ऋतु माध्यमिक बिद्यालयको खेलमैदान भएको थियो ।
“स्वास्थको लागि खेलकुद राष्ट्रियको लागि खेलकुद ” नाराको साथ प्रतियोगिताको खेलहरुमा पहिलो दिन मार्च पास्ट गरि खेल प्रारम्भ भएको थियो । फिल्ड , ट्रकका इभेन्ट सहित कराते, भलिबल र कबडी गराइएको थियो ।
उत्कृष्ट खेलाडिहरुमा एथ्लेटिक्स तर्फ प्रकाश मा .वि बराहक्षेत्र १० श्याम कुमार उराँव ,कराते तर्फ अजय परियार , भलिबल र मार्च पास्ट तर्फ ज .डे.जा मा.वि कालाबन्जर ५., कबडी तर्फ जीवन ज्योति बराहक्षेत्र -८ का प्रवीन खड्काले विजय हासिल गरेका थिए।
नगरप्रमुख रमेश कार्कीले बराहक्षेत्रमा विद्यालय स्तरका खेलाडीहरुलाई प्रोत्साहन बढ्ने ,स्वास्थ्य र राष्ट्रकालागि केही गर्न सक्ने छन् र यस्ता खेलले खेलाडि उत्पादन गर्न सकिने बताए।
प्रतियोगिताको संयोजक बराहक्षेत्र नगरपालिका ७ का वडा अध्यक्ष कपिल आचार्य ,प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्की , विशिष्ट अतिथि बराहक्षेत्र नगरपालिका उप -मेयर नन्दकुमारी सुनुवार राई विशिष्ट अतिथि नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख देवेन्द्र बहादुर मल्ल , विशीष्ट अतिथिमा बराहक्षेत्र नगरपालीका प्रमुख प्रशासकिय अधिकृत ऋद्धि प्रकाश सिटाैला , अतिथि बराहक्षेत्र -८ वडा अध्यक्ष रोशन खड्का लगायत बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। (समीर चन्द्रवंसी )