मोरङको लेटाङ नगरपालिका-३ भित्री सडक खण्डमा ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे को.२ त ३०९९ नम्बरको ट्रयाक्टरबाट अचानक लडी घाईते भएका ट्रयाक्टरका सह-चालक सोही स्थानका मिलन राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।
घटनामा संलग्न ट्रयाक्टर र चालक लेटाङ-३ का अमन थारुलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।