वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टि स्थित गाडि स्टेनदेखि जलपाई चोकसम्मको सडक कालोपत्रे हुने भएको छ ।
ग्रामिण कृषि सडकको रुपमा रहेको उक्त सडक नगर प्रमुख रमेश कार्कीको पहलमा संघिय सरकारको बजेटबाट निर्माण हुनेछ ।
सडक कालोपत्रेको संघीय आयोजना कार्यान्वयन इकाइ मोरङ्ग मार्फत ठेक्का लागेर यहि हप्ताबाट काम सुरु हुनेछ । निर्माणको जिम्मेवारी निर्माण कम्पनी स्वर्णिम निर्माण सेवा पाएको छ ।
बुधबार संघीय आयोजना कार्यान्वयन इकाइ मोरङ्गका प्राबिधिक , निर्माण कम्पनी र नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशाशकिय अधिकृत ऋद्बि प्रकाश सिटौलाले उक्त सडकको निरिक्षण गरेका छन् ।
निर्माण हुने कालोपत्रे गुणस्तरीय र पानिको निकासकालागि होम पाईपहरुको समेत व्यवस्थापन गर्ने आयोजना कार्यालय र निर्माण कम्पनीलाई आग्रह गरेका थिए ।
उक्त सडक कालोपत्रे २०८० साल बैखाक ३१ गते भित्र गरि सक्ने जिम्मेवारी पाएको स्वर्णिम निर्माण सेवाका प्रोपाईटर शिशिर चौलागाईले बताए । गाउको र अती महत्त्वपूर्ण सडक भएकाले दिगो र गुणस्तरीय काम गर्ने चौलागाईले बताए ।
नगर प्रमुख रमेश कार्कीको निरन्तरको पहलबाट संघिय सरकारबाट १ करोड बिनियोजन भएको उक्त सडक ७३ लाख ४४ हजार ८ सय ४९ रुपैयाँ ४४ पैसामा निर्माण कम्पनीले जिम्मेवारी लिएको संघीय आयोजना कार्यान्वयन इकाइ मोरङ्गका सुचना अधिकृत इन्जिनियर असोक कुमार रामले बताए ।