वराहक्षेत्र नगरपालिकाले युवायुवतीहरुलाई लक्षित गरेर लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० सालको बार्षिक स्वीकृत युवा लक्ष्यित कार्यक्रम अन्तरगत उक्त निशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको हो ।
सोमबारवाट सुरु भएको कक्षा १ महिनासम्म सञ्चालन हुनेछ । कक्षाको नगर प्रमुख रमेश कार्कीले अौपचारिक रुपमा उद्घाटन गरेका थिए । नगरपालिकाका सामाजिक बिकास शाखाका प्रमुख अरुण मेहताका अनुसार कक्षामा प्रत्येक वडाबाट १० /१० जना बिद्यार्थीहरुलाई सहभागीता गराईने छ ।
कक्षा अहिले वराहक्षेत्र – ३ को महेन्द्र माध्यमिक बिद्यालय र बराहक्षेत्र – ६ को नेपाल रेडक्रस सोसाइटीको भवनमा आयोजना हुनेछ ।
नगरपालिकामा रहेका लोकसेवा तयारी गर्न चाहेका तर आर्थिक अभावका कारण नसकेको ग्रामीण समुदायका युवायुवतीहरुको लागि प्रथामिकता दिएर कक्षा सञ्चालन गरिएको सामाजिक बिकास शाखाका प्रमुख अरुण मेहताले जानकारी दिए ।