वराहक्षेत्र – ८ सालवनीमा रहेको चिल्डेन हार्ड एकेडेमीले आफ्नो ११औं बार्षिक उत्सब तथा अभिवाक दिवश मनाएको छ ।
मङलवार बिद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेर बार्षिक उत्सब मनाएको हो ।
वराहक्षेत्र नगरपालिकाकि उप-प्रमुख नन्दकुमारी सुनुवारको प्रमुख आथिथ्यतामा आयोजना भएको कार्यक्रममा बिद्यार्थीहरुले बनाएको विभिन्न सामाग्री प्रदर्शन साथै सांस्कृतिक नृत्य , गायन , कबिता प्रस्तुत गरेका थिए ।
बिद्यालयले खेलकुद सप्ताहमा विभिन्न खेलमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरको थियो । कार्यक्रममा बिद्यार्थीहरुले बिज्ञानमा सामाग्रीहरु समेत प्रदशन गरेका थिए ।
शैक्षिक गतिविधि , खेलकुद गतिविधि तथा मनोरञ्जनात्मक गतिविधिमा समेत उत्कृष्ट हुदै आएको उक्त बिद्यालय अहिले कक्षा – १० सम्म पठन पाठन हुने गरेको पिन्सिपल रोनि बिष्टले बताए ।