बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा रहेको कालिन्द्र सामुदायिक बन उपभोक्ता समुहको १७औं साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रममा समुहको कोषाध्यक्ष गोमा भट्टराईले २०७८/७९ सालको प्राप्ति भुक्तानी सार्वजनिक गरेकी थिन ।
जसमा प्राप्ति तर्फ २१ लाख ७९ हजार ४२ रुपैया रहेकोमा २० लाख ५९ हजार २ सय खर्च भएको र खुद नगद मौज्दात १ लाख ११ हजार ८ सय २२ रुपैया बैंक मौज्दात प्रभु बैंक ५ हजार २० नेपाल बैंक ३ हजार रहेको भट्टराईले बताइन् ।
कार्यक्रममा समुहको विभिन्न प्रस्तावको बिषयमा छलफल गरेका थिए । कार्यक्रममा समुहको अध्यक्ष साने लिम्बूले अध्यक्ष पदबाट राजीनामा दिए पनि साधारणसभा बाट राजीनामा पारित भएन।
कार्यक्रममा समुहको अध्यक्ष साने लिम्बुको सभापति रहेको कार्यक्रममा सब डिभिजन बन कार्यालय नडाहाका अधिकृत धर्म धोज यादव को प्रमुख अतिथि रहेको कार्यक्रम बिशेश अतिथि बराहक्षेत्र वडा नम्बर ३ वडा अध्यक्ष राजदिप लामा लगायत विभिन्न राजनीतिका प्रतिनिधि समाजसेवी संघ संस्थाका प्रतिनिधि लगायत आम उपभोक्ताहरुको उपस्थिति रहेको थियोे ।