वराहक्षेत्र – २ जागृत चौकमा रहेको सरोवर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा यादव गौतम चयन भएका छन् ।
आइतवार सहकारीको छैठौं बार्षिक साधारणसभाबाट गौतम अध्यक्षमा सर्वसम्मतले चयन भएका हुन् । त्यस्तै सहकारीको उपध्यक्षमा रमिला खड्का ,कोषाध्यक्षमा सितल राई त्यस्तै सदस्यहरुमा पवित्रा राई, डिकबहादुर श्रेष्ठ , गिता प्याकुरेल , सानुमाया कार्की र रिता गौतम चयन भएका छन् । समितिले सल्लाहकारमा प्रल्लाद भट्टराई र ज्ञानवहादुर पाण्डेलाई चयन गरिएको छ ।
वराहक्षेत्र १ स्थित अोलिया मठमा आयोजना भएको साधरण सभा प्रमुख अतिथि प्रदेश नं १ सभाका सदस्य माननिय ममता तामाङ्गले अौपचारिक रुपमा दिप प्रजलन गरेर उद्घाटन गरेकी थिईन् ।
कार्यक्रममा आदर्श माध्यमिक बिद्यालयका पुर्व प्रध्यानाध्यापक ज्ञानवहादुर पाण्डे , प्रल्लाद भट्टराई , जन्म भुमि कृषि सहकारी संस्थाका अध्यक्ष मनोज पौडेल , वराहक्षेत्र- २ का निर्वतमान वडाध्यक्ष हरिकृष्ण भट्टराई लगाएले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभा उत्कृष्ट बचतकर्ता रामेस्वरी राई, वनमाया राई, अस्मिता भट्टराई , एकल तथा बृद्ब बचतकर्ता गोमा श्रेष्ठ , चन्द्रमाया मगर, बुद्धमाया ठकुरी, सरस्वती प्याकुरेल , चिनिमाया दर्जी, बिष्णुमाया काफ्ले र असल ऋणीको रुपमा
राम गोपाल श्रेष्ठ , कोमल बहादुर राई , हर्कमाया खत्री, फुलकुमारि रम्जेल , हर्कमाया श्रेष्ठ , खेमराज न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।
२०७३ सालमा स्थापना भएको संस्थाले छैठौ साधरण सभाको अवशरमा प्रदेस नं १ को प्रदेश सभामा निर्वाचित वराहक्षेत्र – २ निबासि ममता तामाङ , आदर्श माध्यमिक बिद्यालयका पुर्व प्रध्यानाध्यापक प्रल्लाद भट्टराई र स्थानीय पत्रकार हिमाल राईलाई सहकारी सम्मान पत्रले समानित गरेको संस्थाका संस्थापक अध्यक्ष रोशन श्रेष्ठले बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष श्रेष्ठले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक बर्ष २०७८/७९ मा ४ करोड ३३ लाख ८७ हजार ५ सय ५९ रुपैयाँ ५२ पैसा को कारोबार गरेको बताए ।
आ.व. मा ३ करोड ५२ लाख १६ हजार ९ सय २० रुपैयाँ ८१ कुल बचत संकलन गरिएको जानकारी दिए ।
श्रेष्ठले ७१ लाख ११ हजार ६ सय ५८ रुपैयाँ ७५ पैसा कर्जा लगानी गरिएको विवरण पेश गरे ।