वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र मन्दिरमा भक्तजनहरुले प्रदान गर्ने भेटिको सार्वजनिक र व्यवस्थापनमा चासो लिएको छ ।
नेपालकै प्रसिद्ध तिर्थ स्थलको रुपमा रहेको वडा नं १ स्थित वराहक्षेत्र मन्दिरमा भक्तजनहरुले प्रदान गर्ने भेटिको संकलन , व्यवस्थापन र सार्वजनिक गर्न बिषयमा स्थानीय सरोकारवाला पक्षसंग नगरपालिकाले छलफल सुरु गरेको हो ।
आइतबार नगरपालिकाले मन्दिर रहेको वडाको जनप्रतिनिधि , स्थानीय राजनीति दलका प्रतिनिधि , मन्दिर संरक्षण मञ्च र स्थानीय सरोकारवाला पक्षसंग सुरुवाति छलफल सुरु गरेको हो । परापुर्वक कालदेखिनै मन्दिरको भेटि मन्दिरका पुजारीले नै उपयोग गर्दै आई रहेको व्यवस्थापन र सार्वजनिक नभएका कारण यस बिषयमा नगरपालिकाले चासो लिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
कार्कीका अनुसार मन्दिरको भेटीको व्यवस्थापनकालागि सरोकारवाला पक्षसंग समन्वय गरी नगरपालिकाले कार्यबिधि बनाउने छ । भेटिलाई पारदर्शी बनाएर सार्वजनिक गर्न नगरपालिका लागि पर्नेछ ।
मन्दिरमा संकल्न हुने भेटि हाल पुजारीले नै उपयोग गर्दै आएको र स्थानीय सरकारले यसको व्यवस्थापन गर्नु पर्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए । मन्दिरका प्रधान पुजारी तथा अन्य पुजारीहरु र गुठि संस्थाले भेटीको उपभोग गर्दै आएकाले यसलाई व्यवस्थापन गरेर पुजारीलाई पारिश्रमिक व्यवस्थापन गरेर गुठि संस्थासंग नगरपालिकाले समन्वय गर्नु पर्ने अध्यक्ष श्रेष्ठको भनाई रहेको थियो ।
मन्दिरमा संकलन हुने भेटलाई व्यवस्थापन र सार्वजनिक गर्ने नगरपालिकाको योजनालाई वडाका जनप्रतिनिधि र राजनैतिक दलका स्थानीय प्रमुखले समर्थन जनाएका छन् । हालसम्म मन्दिरमा संकलन हुने भेटिको कुनै सार्वजनिक नभएको बताउदै वडा नं १ का अध्यक्ष किसन मगरले गुठि संस्थासंग समन्वय गरेर व्यवस्थापनको काम गर्नु पर्ने बताए ।
मन्दिरमा हुने भेटि बारे सार्वजनिक गर्न व्यवस्थापनमा स्थानीय सरकार लाग्नु पर्ने नेपाली कांग्रेस वडा नं १ का सभापति ईशवर थापाले बताए । मन्दिरमा धेरै भेटि संकलन हुने भएकाले यसलाई व्यवस्थापन गरेर मन्दिरकै बिकासमा लगाउनु पर्नेमा थापाको जोड रहेको थियो । त्यस्तै नेकपा एमाले बराहक्षेत्र – १ का अध्यक्ष कृष्णप्रसाद कट्टेलले पनि भेटिको व्यवस्थापन स्थानीय सरकारले गर्नु पर्ने बताए । माअोबादि केन्द्रका नेता पुष्प ढुङगनाले पनि मन्दिरको भेटि व्यवस्थापन , सार्वजनिक र मन्दिरको आम्दानी र व्यवस्थापन नगरपालिकाले गर्नु पर्नेमा जोड दिएका थिए ।
नगरपालिकाले कोशी पुल क्षेत्र भित्र सार्वजनिक स्थलमा मापदण्ड विपरित बनेका घर टहरा र संरचना, सार्वजनिक स्थलहरुमा मापदण्ड विपरीत बनेका घर टहरा र वराहक्षेत्र मन्दिर परिसर वरिपरि मापदण्ड विपरित बनेका घर टहरालाई व्यवस्थापनमा समेत चासो देखाएको छ । सार्वजनिक स्थलमा अस्त व्यवस्त रुपमा मापदण्ड बिपरित बनेका संरचनलाई व्यवस्थापन र हटाउन नगरपालिकाले पहिलो चरण समन्वय , छलफल सुरु गरेको छ ।