बराहक्षेत्र – २ चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आफ्नो २४औ बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवश सम्पन्न गरेको छ ।
२०५५ सालमा स्थापना भएको सहकारीले शुक्रवार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा २४औं बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवस सम्पन्न गरेको हो ।
४ हज ९ सय ८७ जना सदस्यहरु रहेका छन ।भने संस्था भरौल सेवा केन्द्र , महेन्द्रनगर सेवा केन्द्र संचालन गरिरहेको छ भने आगामी बर्षमा प्रकाशपुरमा समेत सेवा केन्द्र खोल्ने तयारी अन्तिम रहेको उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए ।
साधरण सभामा संस्थाका अध्यक्ष सीता भण्डारी (पौडेल) ले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना र संस्था हासिल गरेको वित्तीय सफलता समेत प्रस्तुत गरेकी हुन ।
अध्यक्ष भण्डारीका अनुसार सहकारीले चालू आर्थिक वर्षमा कुल शेयर पुजी ८ करोड ७० लाख ८८ हजार १ सय रहेको छ।
बचत निक्षेप हिसाब ४५ लाख ३३ हजार २ सय १३ रुपैयाँ २२ पैसा बुद्धि भएर ५० करोड १० लाख ५१ हजार २ सय ३७ रुपैयाँ ७७ पैसा पुगेको छ ।
यश आर्थिक बर्षमा ९९ करोड ५२ लाख ९८ हजार ५२ रुपैयाँ ७३ पैसा बचत संकलन भएको तथा ९९ करोड ७ लाख ६४ हजार ८ सय ३९ रुपैयाँ ५१ पैसा भुक्तानी भएको थियो भन्ने गत बर्षको अनुपातमा ०.९१ प्रतिशतले बुद्धि भएको पौडेलले जानकारी दिएकी थिईन् ।
चालू आवमा संस्थाको कर्जालगानी बर्ष ३ करोड १ लाख १६ हजार ५ सय ४१ रुपैयाँ बृद्बि भई ६६ करोड २ लाख ४२ हजार ७ सय ५९ रुपैयाँ पुगेको छ । यस आवमा कुल ३९ करोड ३३ लाख ५२ हजार ४ सय ५२ रुपैयाँ लगानी तथा ३६ करोड ३२ लाख ३५ हजार ८ सय ११ रुपैयाँ कर्जा असुली भएको छ । उक्त कर्जालगानी ४.७८ प्रतिशतले बुद्धि भएको बताइन् ।
संस्थाको यस बर्षको बचत (नाफा) १९ करोड ४ लाख २१ हजार ७ सय २४ रुपैया आम्दानी भएकोमा खर्च १६ करोड ६३ लाख २० हजार १सय २४ रुपैया भएर बाकी २ करोड ४१ लाख १ हजार ५सय ९९ रुपैया रहेकोमा ५ प्रतिशात आयकर व्यवस्था गरि खुद नाफा २ करोड २८ लाख ९६ हजार ५ सय १९ रुपैया नाफा रहेको अध्यक्ष पौडेलले बताइन् ।
शुक्रबार चतरास्थित बोलबम धर्मशालामा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले साधारण सभाको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै कार्कीले सहकारीबाट उत्पादन मुखीका लागि पर्नु जोड दिएका थिएका थिए ।
सहकारीले शेयर सदस्यहरु मध्यवाट १० जना उत्कृष्ट दुग्ध उत्पादन गर्ने कृषकहरुलाई सम्मान गरेको थियो । त्यस्तै उत्कृष्ट निक्षेपकर्ता , कर्जालगानी कर्ता , स्थापक संञ्चालक समिति , उत्कृष्ट रेमिटान्स कारोवारी , पुर्वध्यक्ष , जेष्ठ शेयर सदस्यलाई सम्मान तथा स्थानीय पत्रकारहरु हिमाल राई , संन्तोष गुप्ता र बिजय राईलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा सभामा उपस्थितलाई व्यवस्थापन बावुराम खत्रीले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रमको सन्चालन उपध्यक्ष दिपक कार्कीले गरेका थिए ।