वायु प्रदुषणका कारण भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।
बालबालिकाहरुको भौतिक रुपमै उपस्थित भएर विद्यालय सञ्चालन भइरहेकोमा चर्को विरोध भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । एजेन्सी