वराहक्षेत्र नगरपालिकाले वडा नं ७ बत्तिस आरडिमा रहेको वेलहा मन्दिर परिसदको सरसफाइ गरेको छ ।
नगरपालिकाले प्रत्येक हप्ताको शनिबार सरसफाइ कार्यक्रम अनुसार वेलहा मन्दिर परिसदको सरसफाइ गरिएको हो ।
नगर प्रमुख रमेश कार्कीको नेतृत्वमा सञ्चालन भई रहेको सरसफाइ कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारीहरु , नगर प्रहरी लगाएत स्थानीय संघ संस्थाहरुको सहभागीता रहेको थियो ।
गत सात वडा नं १ स्थित प्रसिद्ध तिर्थ स्थल वराहक्षेत्र मन्दिरबाट सुरु सरसफाइ कार्यक्रमको सुभार्म्भ गरिएको थियो ।
वराहक्षेत्रलाई आहा ! सफा, सुन्दर बनाउने अभियानका साथ सरसफाइ कार्यक्रमलाई स्थानीयवासीको समेत सहभागी रहेको छ । वेलहा मन्दिरमा आयोजना भएको सरसफाइमा स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो । स्थानीय प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको बेलहा मन्दिरको प्रचारप्रसार , प्रबर्द्धन र सफा बनाउने उदेश्य नगरपालिकाले सरसफाइ कार्यक्रम आयोजना गरेको नगर प्रमुख कार्कीले बताए ।
नगर प्रमुख कार्कीका अनुसार सरसफाइलाई अभियानको रुपमा गरिने र स्थानीयहरुको साथ र उपस्थिति महत्त्वपूर्ण रहेको छ। नगरपालिकाले सरसफाइ कार्यक्रम गरेर स्थानीयहरुलाई सचेत बनाउन खोजिएको हो । नगरपालिकाले आयोजना गरेको सरसफाइ कार्यक्रमले स्थानीयलाइ सचेत र उत्पेणा गराउन महत्त्वपूर्ण रहेको स्थानिय माधब सुबेदी बताउछन् ।
बेलहा मन्दिर क्षेत्रमा भएको सरसफाइ कार्यक्रमा नगर प्रमुख कार्की सहित प्रमुख प्रसाशकीय अधिकृत ऋद्बिप्रकास सिटौला, बडाका जनप्रतिनिधि , कर्मचारी , नगर प्रहरी ,स्थानियवासी , बुद्धिजीवीहरुको बाक्लो सहभागीता रहेको थियो ।