वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित वराह आदर्श क्याम्पस सञ्चालनको बिषयमा सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन् ।
भौतिक सरचना र आर्थिक रुपले सम्पन्न रहेको क्याम्पसमा बिद्यार्थीहरुको संङख्या न्यून भएको भन्दै सरोकारवाला पक्षले चिन्ता ब्यक्त गरेका हुन् । २०६७ सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन संकायमा अध्यापन भई रहेको छ । आफ्नै भवन , चन्तादाताबाट संकलन भएको ६७ लाख रकमको अक्षय कोषबाट सञ्चालन र स्थानीय शिक्षा प्रेमी , संघ संस्थाबाट सहयोग भए पनि बिद्यार्थीहरुको आक्रषण कम भए पछि क्याम्पस सञ्चालनमानै समस्या हुन थालेको छ ।
शुक्रबार क्याम्पसले आयोजना गरेको १२ अौ साधरण सभा तथा बार्षिक उत्सव कार्यक्रममा बोल्दै आदर्श माध्यमिक बिद्यार्थीका पुर्व प्रध्यानाध्यापक ज्ञानबहादुर पाण्डेले बार्षिक रुपमा १/२ जनलाई छात्रवृत्ति दिने आफु इच्छुक भए पनि बिद्यार्थीनै क्याम्पसमा भर्ना हुन नआउदा दुख लागेको बताए ।
क्याम्पस सञ्चालनमा भौतिक संरचनादेखि जनशक्ति र आर्थिक स्रोत राम्रो भए पनि बिद्यार्थी न्यून हुनको कारण खोजेर काम गर्नु पर्नेमा पाण्डेको जोड रहेको थियो । त्यस्तै आदर्श माध्यमिक बिद्यालयकै पुर्व प्रध्यानाध्यापक प्रल्लाद भट्टराईले क्याम्पसलाई भावि पिढिको सम्पतीको रुपमा लिएर संरक्षणमा लाग्नु पर्नेमा जोड दिएका थिए । क्याम्पस स्थापना कालको स्मरण गर्दै भट्टराईले बिद्यार्थीहरुको रुचि अनुसार क्याम्पस व्यवस्थापन र प्रशाशनले काम गर्नु पर्ने बताए । क्याम्पसको स्थायित्वकोलागि बिद्यार्थी , अभिभाव , शिक्षक , सञ्चालक र सरोकारवाला पक्षहरुलागि पर्नु पर्ने बताए ।
कार्यक्रमको प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले क्याम्पसको भौतिक संरचना लगाएको काममा नगरपालिकाले सहयोग गर्ने बताए । स्थानीय बिद्यार्थीहरुलाई स्थानीय क्याम्पसमै पढ्न आक्रषण गर्ने क्याम्पस प्रशाशन र समिति लागि पर्नु आग्रह गर्दै नगर प्रमुख कार्कीले यसकालागि आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए । शिक्षा बिकास र सुधारकोलागि आफुले पाउनु भत्ता सुबिधा शिक्षामा लगाने समेत गर्ने उद्घोष गरेका कार्कीले समुन्नत , सुन्दर वराहक्षेत्र बनाउने योजनामा नगरपालिका लागि परेको बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख रमेश चौहानले बार्षिक प्रगति प्रतिबेदन तथा भाबि योजना प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालन समितिमा उपध्यक्ष अमर कटुवालले स्वागत भाषण राख्दै क्याम्पसमा बिद्यार्थीको आक्रषण गराउने सबै सरोकारवाला पक्ष लाग्नु पर्ने बताएका थिए ।
सञ्चालन समितिका अध्यक्ष चन्द्र मगरले क्याम्पसमा बिद्यार्थीको आक्रषण कम हुनुको कारण खोज्नु पर्ने बताए । क्याम्पसमा एक जना स्थाई प्रध्यापक नियुक्तिको काम अगाडि बढेको बताउदै मगरले क्याम्पसमा सबैको चासो र चिन्ता आवश्यक रहेको बताए ।
क्याम्पसले साधारण सभा तथा बार्षिक उत्सव कार्यक्रमको अवशरमा बिद्यालयमा छात्रवृत्ति स्थापना गर्ने चन्तादाताहरुलाई सम्मान समेत गरेको थियो । भन्ने उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने बिद्यार्थी सबिना राउतलाई नगद ५ हजारले पुरस्कृत गरेको थियो । कार्यक्रममा वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , स्थानिय समाजसेवि गोपाल थापाले शुभकामना मन्तव्य राखेका थिए । भन्ने कार्यक्रमको सञ्चालन सह-प्रध्यापक भेषराज घिमिरेले गरेका थिए ।