स्वर्णिम साहित्य समाज बराहक्षेत्र ३ नडाहाले माघ १४ गतेदेखि बराहक्षेत्र नगरपालिकाको स्कुलमा कबिता कार्यक्रम आयोजना गर्ने भएको छ ।
सम्पुर्ण सर्जकहरु एक हौ सभ्य समाज निर्माणमा जुटौ भने मुल नाराको साथ सिर्जनाको नयाँ खोजी स्कुलमा कविता २०७९ बराहक्षेत्र नगरपालिकामा रहेको निजि तथा सामुदायिक विद्यालयहरुबाट नव लेखन प्रतिभा खोज्ने उद्देश्यका साथ “स्कुलमा कविता” आयोजनाको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरी जानकारी दिईएको थियो ।
समाजका अध्यक्ष प्रकाश दिप्सालीका अनुसार बराहक्षेत्र नगरपालिका भरि रहेका माध्यमिक तह ( कक्षा ९ र १०) का विद्यार्थीहरु बिच कविता प्रतियोगिता आयोजन गर्दै उत्कृष्ट ४ कविलाई पुरस्कार प्रदान गरीने छ ।
जसमा प्रथम हुने लाई १० हजार ट्र्फि प्रमाणपत्र र दोस्रो,तेस्रो र चौथो लाई २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ।
प्रतियोगितामा साबिक गा.बि.स भरौल, चतरा, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गरि ५ ठाउँमा रहेको विद्यालयहरुका विद्यार्थीलाई भरौल, बराहक्षेत्र , महेन्द्रनगर, प्रकाशपुर र मधुवनको एक एक वटा बिधालयमा अडिसनका रुपमा प्रतियोयोगिता आयोजना गरिने अध्यक्ष राईले बताए ।
प्रत्येक गाबिस बाट दुई दुई जना विद्यार्थीहरुलाई छनोट गरेर दोस्रो राउण्डमा समाबेश गरिने छ । जसमा उत्कृष्ट १० कवि र कवितालाई फाइनल राउण्डमा छनोट गरेर उत्कृष्ट ४ कवि र कवितालाई छनोट गरिने छ ।
स्कुलमा कविता प्रतियोगितामा निर्णायक मण्डलमा जन साहित्य संघ प्रदेश नम्बर १ अध्यक्ष कवि तथा साहित्य प्रल्हाद भट्टराई (पहरेदार) राजन इशारा र सबिता फागो निर्णायक समितिमा रहेका छन ।