कोमल साना किसान कृषि सहकारीको १०औं साधारणसभा निक्षेप ३ करोड ४१ लाख
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको कोमल साना किसान कृषि सहकारी संस्थाको १०औं साधारणसभा सम्पन्न भएको छ।
२०७० सालमा स्थापना भएको सहकारीले शनिबार आफ्नो शेयर सदस्य , बचतकर्ता ,संचालक समिति सरोकारवालाहरुको उपस्थितिमा १०औं बार्षिक साधरण सभा सम्पन्न गरेको हो । साधरण सभामा संस्थाकि अध्यक्ष गिता कट्टेलले संस्थाको बार्षिक प्रगति विवरण र भाबि योजना प्रस्तुत गरेकि थिइन ।
संस्थाको बराहक्षेत्र ३,४,५ लाई कार्यक्षेत्र रहेर गतिविधि गरिरहेको हालसम्म १३ सय ७ जना सदस्य बनाउन सफल रहेको कट्टेलले बताइन् ।
संस्थाको आर्थिक प्रगति प्रतिबेदन प्रबन्धक बिकल लामिछाने प्रस्तुत गरेका थिए जसमा हाल सम्म सेयर रकम ८४ लाख ६ हजार ९ सय रहेको छ। संस्थाले ६ करोड १८ लाख ७३ हजार ८ सय ३६ रुपैयाँ ऋण लगानी गरेको छ।
यता ३ करोड ४१ लाख ८९ हजार २सय ३४ रुपैयाँ ऋण लगानी गर्न बाकी रहेको उल्लेख गरेका छन । संस्थाको कुल निक्षेप भने ३ करोड ४१ लाख ८९ हजार २सय३४ रुपैया रहेको छ। बचत १३ लाख ४८ हजार ६सय५८ रुपैया रहेको र संस्था लाई खुद नाफा २३लाख ६३हजार ९६रुपैया ६९ पैसा रहेको लामिछानेले बताए ।
कार्यक्रममा लेखा समितिका संयोजक शान्ति कुमारी रिजालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिइन।
सहकारीले सेयर सदस्य मध्ये जेष्ठ नागरिक ननुलाल धामी र भिन्की थरुनी लाई सम्मान गरेकोे छ । उत्कृष्ट कारोबार गर्ने दैनिक बचत कर्ता बाल बचत कर्ता उत्कृष्ट कृषक लाई समेत सम्मान गरेको लामिछानेले बताए ।
अध्यक्ष गिता कट्टेलको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथि दिपक राज पाण्डे रहेका थिए भने बिशेश अतिथि बराहक्षेत्र नगरपालिका आर्थिक बिकास सहकारी शाखा प्रमुख मातृका तिवारी रहेका थिए ।
सभामा उपस्थितलाई उपाध्यक्ष बिना खनालले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संस्था प्रबन्धक बिकल लामिछानेले गरेका थिए ।