वराहक्षेत्र नगरपालिका वडा नं ६ स्थित चक्रघट्टि र वडा नं १० स्थित प्रकासपुर बजारलाई स्मार्ट सिटि बनाउने कार्यले गति लिने भएको छ । नगरपालिका भित्र रहेमा दुई ठुला बजारलाई स्मार्ट सिटिको रुपमा बिकासभौतिक पुर्वाआधार बिकासको संम्भव्यता गर्नेकालागि संघिय सरकारबाट ४० लाख बजेट बिनियोजन भएको छ ।
उक्त योजनाकोलागि डिपिआर निर्माणकालागि संघिय सरकार अन्तर्गतको सहरि बिकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाई बिराटमगर मोरङ्ग मार्फत काम हुने वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले बताए ।
चक्रघट्टी र प्रकासपुरलाई स्मार्ट सिटि बनाउने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रबिधि तथा कानुन , न्याय तथा संसदिय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा काम अगाडि बनेको हो ।
सहरि बिकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाई बिराटमगर मोरङ्गका सुचना अधिकृत इन्जिनियर अशोक कुमार रामका अनुसार डिपिआर निर्मांण सम्पन्न भए पछि स्मार्ट सिटिको कामले थप गति लिनेछ ।