वराहक्षेत्र नगरपालिका वडा नं ३ बाङ्गेबाट हर्दिया, कालाबञ्जर, तिनकुने हुदै धरान जोड्ने सडक निर्माण कार्य रोकिएको छ।
उक्त सडकको काम तत्काल सुरु गर्न वडाध्यक्ष सहित वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख सरोकारवाला मन्त्रालय पुगेर प्रदेस सरकारको ध्यानाकर्षण गराएका छन ।
आईतवार प्रदेस नं १ सरकारको सडक, पुर्वाधार तथा शहरी बिकास मन्त्रालयमा नगर प्रमुख रमेश कार्कीको नेतृत्वमा वडा नं ३ का अध्यक्ष राजदिप लामा , वडा नं ५ का वडाध्यक्ष रोहित काफ्ले लगाएत सडक पुर्वाधार महाशाखाका प्रमुख रेवतीरमण पराजुलीलाई भेटेर निर्माणाधीन सडकको कामलाई सम्पन्न गराउने कार्यमा लाग्न आग्रह गरेका हुन् ।
नगरपालिकाको मुख्य सडकको रुपमा रहेको उक्त सडकको कामलाई सम्पन्न गर्न पटक- पटक निर्मांण कम्पनीलाई आग्रह गर्दा समेत चासो नदेखाए पछि निर्मांण कार्यमा बजेट बिनियोजन गराएको प्रदेस नं १ सरकारको सडक, पुर्बआधार तथा शहरी बिकास मन्त्रालयमा आवश्यक सहजिकरण र कामलाई पुर्णता गराउन आग्रह गरिएको हो ।
कार्कीले मन्त्रालय अन्तर्गत सडक पुर्वआधार महाशाखाका प्रमुख रेवतीरमण पराजुलीलाई निर्माण कम्पनीलाई यथा शिघ्र सम्पर्कमा ल्याए काम गराउन आग्रह गरेका थिए । भन्ने सडक पुर्वआधार महाशाखाका प्रमुख रेवतीरमण पराजुलीले निर्मांण कम्पनीलाई ७ दिन भित्र सम्पर्कमा आउन पत्रचार गरिएको र निर्माणाधीन कामले चाडै पुर्णता गराउन लागि पर्ने बताए ।